Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सानाकिसान कृषि सहकारी संस्था पदमपुरको अध्यक्षमा पुनःगोमा सिंखडा चयन

सानाकिसान कृषि सहकारी संस्था पदमपुरको अध्यक्षमा पुनःगोमा सिंखडा चयन

इच्छाकामना न्युज

१७, मंसिर २०७९
सानाकिसान कृषि सहकारी संस्था पदमपुरको अध्यक्षमा पुनःगोमा सिंखडा चयन
images

कालिका । कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गोमा सिंखडा चयन भएकी छन् । शनिवार सम्पन्न संस्थाको १३ औं बार्षिक साधरण सभा तथा चौंथो अधिवेशनले सिंखडाको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।

images
images

समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी रहेकी छन् । यस्तै अन्य सदस्यहरुमा जानुका तिमिल्सीना, धनाकुमारी गिरी, बालकुमारी चौधरी, रिता महतो, बबिता महतो, सरस्वती पौडेल, सरस्वती आर्चाय, आशमाया तामाङ, मालती भट्टराई र कल्पना बस्नेत चयन भएका छन् ।  संस्थाको सचिव पदमा भने स्वत प्रबन्धक रहने विद्यानले व्यवस्था गरेको छ । संस्थाको प्रबन्धकमा शिलामाया बस्नेत रहेकी छन् ।

यस्तै लेखा समितिको संयोजकमा विमला अधिकारी र सदस्यहरुमा शान्ति पौडेल, दुर्गा मरहट्टा चयन भएका छन् ।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संस्थाकी अध्यक्ष गोमा सिंखडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सहकारीले बचत तथा ऋण लगानीसँगै आवश्यकता अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लिइ सस्तो ब्याजदरमा उत्पादन तथा आयमुलक शिर्षकमा लगानी गरी कारोवार बृद्धिगर्दै आएको अध्यक्ष सिंखडाले बताइन ।

लेखा समिति संयोजक कमला चापागाँईले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा जेष्ठनागरिक टेककुमारी सापकोटालाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ठ बचत सम्मान यो वर्ष कालिका ५ की चेतिमाया बिकले पाएकी छिन् । एकमुष्ठ शयर खरिदकर्ता सुरजी चौधरीलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा वागमती प्रदेश सहकारी शिक्षालय पूर्व लेखा अधिकृत कृष्ण आर्चायलाई समेत सम्मान गरिएको छ । संस्थाको विकासमा महत्पूर्ण योगदान दिएको भन्दै आर्चायलाई सम्मान गरिएको हो ।  

कार्यक्रममा १४ जना असल ऋणहरुलाई सम्मान गरिएको छ । यस्तै १४ जना एकल महिलाहरुलाई सम्मान गरिएको छ । यस्तै एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी र सामुदायिक विद्यालयका एकजना छात्र र एकजना छात्रागरी दुईजना विद्यार्थीलाई सम्मान गरिएको छ ।

यसैगरी कार्यक्रममा स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।

संस्थाको पहलमा शेयर सदस्यका छोराछोरीहरु मध्ये २१ जनालाई कृषि प्रशिक्षार्थीको रुपमा इजरायल पठाइएको छ । इजरायलमा गरिने आधुनिक कृषिको विषयमा शीप सिकेर उनीहरु स्वदेश फर्किसकेका छन् ।

संस्थाले आवश्कता अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लिएर सस्तो व्याजदरमा उत्पादन तथा आयमुलक शिर्षकमा लगानी गर्दै आएको छ । साविक पदमपुर र जुटपानीलाई कार्यक्षेत्र बनाएर सेवादिँदै आएको संस्थामा आर्थिक वर्ष २०७८ को अन्तिम सम्म ४४८ वटा समुहमा, २३ सय ५२ जना सदस्य थिए । आर्थिक वर्ष २०७८÷०७९ अन्तमा बृद्धि भएर ४६५ वटा समुह पुगेको छ । यस्तै शेयर सदस्यको संख्या बढेर २४३८ जना पुगेका छन् ।

सहकारीले किसानलाई लक्षित गरेर कृषि सामग्री र किट्नाशक औषधी बेचबिखनगर्दै आएको छ । कृषि उपज बस्तु तथा उत्पादनलाई बजारीकरणगर्नका लागि साविक पदमपुर १, वाटो न.. २ मा खरिद गरेको ३ कठा जग्गामा तरकारी फलफुल संकलन केन्द्र निर्माण गरेको छ ।

किसानले उत्पादन गरेको तरकारी तथा फलफुलसँगै कृषिजन्य उत्पादनलाई संकलन गरी विक्रीवितरणका लागि प्रबन्ध मिलाउने, किसानहरुलाई सस्तो मुल्यमा खेतवारी खनजोतका लागि ट्याक्टर सेवा समेत प्रदानगर्दै आएको छ ।

कालिका ६ मा सेवा केन्द्र, विस्तारगरेको छ । यो सेवाकेन्द्रलाई अहिले विषादी डिपोको रुपमा प्रयोग गर्दै आएको छ । गोदामघर निर्माण, संस्थाले ढुवानी सेवाका लागि ढुवानी साधन संचालनमा ल्याएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आय आर्जन र उत्पादनको क्षेत्रमा विकास नभए सम्म नगरको विकास नहुने बताए । साना किसान जस्ता सहकारी र अन्य वित्तीय संस्थाहरुले नगर क्षेत्रभित्रका किसानहरुलाई आय आर्जनमा अब्बल बनाउन सके सम्बृद्ध नगर निर्माणहुन समय नलाग्ने बताए । नगरक्षेत्रभित्रका सबैलाई सहकारीमा आवद्ध भएर उत्पादन तथा आय आर्जनमा लाग्न सुझाव दिए । नगर क्षेत्र भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका सधै सहयोगगर्न तयार रहेको उनको भनाई थियो ।  

संस्थाकी अध्यक्ष गोमा सिंखडाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुृख विमला लामा, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका हेटौंडाकी अधिकृत सुनिता घिमिरे, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दीपक भट्टराई, पदमपुृर बचत तथा ऋण सहकारी संस्थाका सचिव हरि अधिकारी, वागमती प्रदेश सहकारी प्रशिक्षालयका पूर्व लेखा अधिकृत कृष्ण आर्चाय लगायले मन्तव्य राखेका थिए । कार्यक्रममा हास्य कललाकार पुरुषोत्म भण्डारीको समेत प्रस्तुती थियो ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २२:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology