Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

छिम्केश्वरी केबलकार

आँबुखैरेनीको चर्चित धार्मिक स्थल छिम्केश्वरीमा निर्माण हुने केबलकारको लागत ३ अर्ब १० करोड

आँबुखैरेनीको चर्चित धार्मिक स्थल छिम्केश्वरीमा निर्माण हुने केबलकारको लागत ३ अर्ब १० करोड

images

इच्छाकामना न्युज

१७, मंसिर २०७९
आँबुखैरेनीको चर्चित धार्मिक स्थल छिम्केश्वरीमा निर्माण हुने केबलकारको लागत ३ अर्ब १० करोड
images

आँबुखैरेनी । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो ।

पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा छिम्केश्वरी अवस्थित छ ।

छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। बन्दीपुरमा केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि छिम्केश्वरीमा काम सुरु गर्ने तयारी छ । बन्दीपुरमा आगामी वैशाखदेखि केबलकार सञ्चालन गर्ने लक्ष्य छ ।

“छिम्केश्वरीमा केबलकार निर्माणका लागि डिपिआर तयार भएको छ,” शर्माले भने, “बन्दीपुर केबलकार र स्थानीयको शेयर रहने गरी काम अगाडी बढाउने पक्षमा छौ ।”

छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्य सहित केबलकार निर्माण गर्न लागिएको शर्माले बताए। “केबलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ,” शर्मा भन्छन् । छिम्केश्वरी मन्दिरमा अहिलेपनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन् थपिने विश्वास गरिएको छ ।

परियोजनाले छिम्केश्वरीमा रिसोर्ट निर्माण गर्ने लक्ष्य राखेको छ । तीन हजार ६ सय मिटर लामो रहने केबलकारले दैनिक दश हजार यात्री बोक्ने क्षमता राख्नेछ । केबलकार निर्माणका लागि पृथ्वीराजमार्ग खानीखोलामा २२ रोपनी जग्गा खरिद गरिसकिएको छ । थप २५ रोपनी हकभोग गर्दै आएको तर लालपूर्जा नभएका जग्गा नियमपूर्वक गाउँपालिकाको रोहवरमा खरिद गर्ने तयारी गरिएको छ ।

एक हजार आठ सय मिटर पार गरेपछि खर्कमा केबलकारको ट्रान्जिट स्टेशन रहनेछ । “यस ठाउँमा आकर्षक सांस्कृतिक रिसोर्ट निर्माण गरिनेछ, यो ठाउँ समुन्द्र सतहदेखि उक हजार दुई सय मिटरको उचाईमा अवस्थित छ,” उनले भने, “यहाँ ३० रोपनी जग्गा खरिद गरिसकिएको छ ।”

तीन हजार छ सय मिटर पार गरेपछि माथिल्लो स्टेशनमा पुगिनेछ । त्यस ठाउँमा भने कम्पनीको नाममा जग्गा खरिद नगरिने बताइएको छ । नेपाल सरकारसँग एक सय रोपनी जग्गा लिजमा लिएर धार्मिक गतिविधिको केन्द्र बनाउने कम्पनीको रणनीति रहेको शर्माले बताए। यसै स्थानमा चर्चित देवी कालीमाँ छिम्केश्वरीको मन्दिर छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

विशेषगरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ । खबरपुञ्जबाट

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २१:२७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology