भानु तनहुँ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई प्रचार-प्रसार गर्न भानु नगर पालिकाको कार्यपालिकाको बैठक चुँदिरम्घामा बसेको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय चुँदिरम्घामा विहिबार बसेको बैठकले भानुभक्त आचार्यको सम्मान गर्दै उहाँको योगदानको महत्वलाई देश विदेशमा समेत प्रचार(प्रसार गर्न भन्दै नगरपालिकाका प्रमुख, उप(प्रमुख, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले ब्यक्तिगत खर्चमा भानुभक्तिय पोशाक खरिद गरि पालिकाको औपचारिक कार्यक्रम र पालिकाको बैठकमा अनिवार्य लगाउनु पर्ने कार्यपालिकाको बैठकले पारित गरेको नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
भानुभक्तिय पोशाक संगै भानुभक्तको तस्बिर अंकित लागो ब्याच समेत कोटमा अनिवार्य लगाउनु पर्ने भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो -'आदिकबी भानुभक्त आचार्य जन्मेको पवित्र स्थान र यसकै कारण नगरपालिकाको नामाकरण गरिनुले पनि भानु प्रतिको सच्चा सम्मान ठहर्छ र अहिले थप प्रचार प्रसार र स्मरणीय कार्य गर्न पनि उहाँ सँग सम्बन्धित नयाँ आयाम थपिएको हुँदा अब नगरपालिकाले पनि जताबाट हुन्छ थप बजेटको ब्यवस्थापनमा जुटेका छौं ।'
सप्पन्न १० औं बैठकले नगरपालिकाको लेटर-हेडमा समेत आदिकवि भानुभक्त आचार्यको तस्बिर राख्ने निर्णय गरेको नगरपालिकाकी उप-प्रमुख उमा गोतामे जानकारी दिनुभयो । आदिकबी भानुभक्त आचार्यको प्रचार-प्रसार गरि भानुमा साहित्यिक पर्यटक भित्र्याई स्थानीयको आय-आर्जनमा सबल बनाउने नगरपालिकाको लक्ष रहेको उप-प्रमुख गोतामेले बताउनुभयो ।
नगरपालिकाका प्रमुख त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले पुरानडिही अस्पताल र कालिमाटी नगर अस्पतालमा फागुन १ गतेबाट चौविसै घण्टा आकस्मिक सेवा शुरु गर्ने, दिर्घरोगी,क्यान्सर र डायलसिसका बिरामीलाई तत्काल ५ हजारका दरले मासिक उपचार खर्च उपलब्ध गराउन प्रकृया थाल्ने, नगर शिक्षा योजना पारित गरिनुका साथै चुँदी लगाएत ठूलाफाँटहरुमा जग्गा चक्लाबन्दिको काम थाल्ने लगाएतका निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा नगर-प्रमुख त्रिपाठी, उप-प्रमुख गोतामे , प्रमुख प्रशासकीय अधिकृत खतिवडा, १३ वटा वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, पालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभमगिता रहेको शिक्षा शाखाका प्रमुख ध्रुबराज पौडेलले जानकारी दिनुभयो ।