Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मनकामना केबलकार

आजदेखि मनकामना केबलकार २५ औं वर्षमा प्रवेश

आजदेखि मनकामना केबलकार २५ औं वर्षमा प्रवेश

images

इच्छाकामना न्युज

८, मंसिर २०७९
आजदेखि मनकामना केबलकार २५ औं वर्षमा प्रवेश
images

चितवन । मनकामना दर्शन प्रालिले मनकामना केबलकार सञ्चालन गरेको २४ बर्ष पुरा भएको छ । संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको नेतृत्वमा कम्पनीले २०५५ मंसिर ८ गतेबाट नेपालमै पहिलो पटक मनकामना केबुलकार सेवा संचालनमा ल्याएको हो।

यसले अष्ट्रियाको डोपलमेयर कम्पनीको केबलकार प्रविधि प्रयोग गरेको छ।केबलकारले ३ किलोमिटरको दुरीलाई १० मिनेटमा आउजाउ गराउँदै आएको छ। कम्पनीले स्थापनादेखि २४ वर्षको अवधिमा १ करोड ७० लाख यात्रु एवम् भक्तजनलाई सेवा दिएको जनाएको छ।

संस्थापक स्व. लक्ष्मणबाबुको मार्गनिर्देशन अनुसार कम्पनीले व्यवसायिक सामाजिक दायित्वअन्तर्गत केबलकार रहेको क्षेत्रको शिक्षा, स्वास्थ्य, धार्मिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।

केबलकार सुरुमा एनालग प्रविधिमार्फत सञ्चालनमा थियो। स्तरोन्नति गर्दै वार्षिकोत्सवका अवसरमा पूर्ण डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए। कम्पनीले प्रयोग गर्दै आएको डोपलमेयरको डी–कनेक्ट प्रणाली जडानको काम अन्तिम चरणमा रहेको जनाइएको छ। यो सुरु भएसँगै मनकामना मुलुककै पहिलो डिजिटल प्रणालीयुक्त केबलकार सेवा प्रदायक बन्ने कम्पनीले जनाएको छ।


४८ करोडको लागतमा ४० कोठाको रिसोर्ट बनाउँदै

नेपालमा पहिलो केबलकार सेवा सञ्चालनमा ल्याउने कम्पनी मनकामना दर्शन प्रालि हस्पिटालिटीको अर्को परियोजना सञ्चालनको तयारीमा छ। मनकामना दर्शनको भगिनी कम्पनी रिसोर्ट्स बाइ मनकामना केबलकारले हाइ इण्ड रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो।

४० कोठा क्षमताको रिसोर्टका लागि कम्पनीले केबलकारको गोरखास्थित टप स्टेसनमा जग्गा छनोट गरेको छ। हालसम्मको डिजाइनका आधारमा लागत ४८ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले बताए। रिसोर्ट निर्माण सुरु भएको डेढ वर्षमा तयार भएर संचालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०९:०२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology