Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिविकोपार्जनका लागि शहिद लखन मास्किछापमा रोटरी क्लवद्वारा सहुलियत व्याजमा ४ लाख बिउपूँजी प्रदान

जिविकोपार्जनका लागि शहिद लखन मास्किछापमा रोटरी क्लवद्वारा सहुलियत व्याजमा ४ लाख बिउपूँजी प्रदान

इच्छाकामना न्युज

१८, आश्विन २०७७
जिविकोपार्जनका लागि शहिद लखन मास्किछापमा रोटरी क्लवद्वारा सहुलियत व्याजमा ४ लाख बिउपूँजी प्रदान
images

गोरखा, १८ असोज
रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ वान्सवर्ग यूकेले गोरखाका दुईवटा गाउँका बासिन्दालाई जीविकोपार्जनका लागि सहुलियत व्याजमा बिउपुँजी प्रदान गरेका छन्।
सिरानचोक ५ को डाँडागाउँस्थित खानेपानी आयोजनाका उपभोक्ताहरुलाई चार लाख रुपैयाँ र शहीद लखन गाउँपालिका ५ मास्कीछापको रोटरी कम्युनिटी क्लवलाई चार लाख रुपैयाँ बिउपुँजी प्रदान गरेको हो।
डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका ६३ घरधुरी परिबारलाई चारवटा समूह बनाई प्रत्येक समूहलाई एक/एक लाखका दरले बिउपुँजी प्रदान गरिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए। त्यस्तै शहीद लखन गाउँपालिका ५ मास्कीछापको रोटरी कम्युनिटी क्लवमार्फत स्थानीय विपन्न बर्ग समुदायका ब्यक्तिहरुलाई चार वटा समूह बनाई एक/एक लाख रुपैयाँका दरले बिउपुँजी प्रदान गरिएको अध्यक्ष अम्गाईले जानकारी दिए।
उनीहरुले सो रकमबाट कुखुरा, बाख्रा, माछा पालन, तरकारीखेती लगायतको आयआर्जन हुने खालका कार्यक्रम गर्न सक्ने क्लवले जनाएको छ। सोबाट आम्दानी भएको रकमबाट एक/एक बर्षमा ब्याज र पाँच बर्षमा साँवा र व्याज चुक्ता गर्नुपर्ने कार्यविधि बनाइएको क्लवका अध्यक्ष अम्गाईले बताए।
डाँडागाउँमा बिउपुँजी प्रदान गर्न क्लवका अध्यक्ष काशिनाथ अम्गाईको नेतृत्वमा टिम गएको थियो भने मास्कीछापमा कर्जा प्रबाह गर्न निवर्तमान अध्यक्ष शरदबाबु कट्टेलको नेतृत्वमा रोटरी क्लवका टिम गएका थिए। उनीहरुले गरिब घटाई जीविकोपार्जनमार्फत आत्मनिर्भर गराउन यस्तो कार्यक्रम गरिएको बताएका थिए।

images
images

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०९:२७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology