Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना विशेष

आजदेखि मुग्लिन बजारमा गार्डेनमार्ट डिपार्टमेन्ट २१ औं तथा शिव शिखर सहकारीको ३४ औं शाखा सञ्चालनमा

आजदेखि मुग्लिन बजारमा गार्डेनमार्ट डिपार्टमेन्ट २१ औं तथा शिव शिखर सहकारीको ३४ औं शाखा सञ्चालनमा

दैनिक उपभोग्य तथा खाद्यान्न सामाग्री, लत्ताकपडा, किचन, इलेक्ट्रोनिक्स लगायत सम्पूर्ण सामान एकै ठाउँमा पाईने

इच्छाकामना न्युज

२६, कार्तिक २०७९
आजदेखि मुग्लिन बजारमा गार्डेनमार्ट डिपार्टमेन्ट २१ औं तथा शिव शिखर सहकारीको ३४ औं शाखा सञ्चालनमा
images

मुग्लिन । चितवनको इच्छकामना गाउँपालिका ५ मुग्लिन बजारमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको ३४ औं शाखा र सोही सहकारीद्वारा संचालित गार्डेनमार्ट डिपार्टमेन्टको २१ औं शाखा संचालनमा आएको छ । भक्तपुरमा मुख्य कार्यालय रहेको संस्थाको मुग्लिन बजारमा स्थापना भएको शाखाको आज शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले समुद्घाटन गरेसँगै संचालना आएको हो।

images
images

संस्थाका क्षेत्रीय प्रबन्धक युवराज थापाको सभापतित्वमा सम्पन्न समुद्घाटन समारोहमा संस्थाद्वारा संचालित गार्डेनमार्ट डिपार्टमेन्ट प्रमुख कार्यकारी अधिकत जोयस भट्टराई विशिष्ट अतिथि रहेका थिए भने अतिथिहरुमा वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, चितवन क्षेत्र नं. २ ‘ख’ प्रदेश सभा सदस्यका एमाले उम्मेद्वार कृष्ण प्रसाद सिलवाल रहेका थिए।

IMG_6184.jpg

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी र मार्ट संचालनमा आएसँगै गाउँपालिका भित्र आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय युवाहरुलाई रोजगार बनाउन सहयोग पुग्ने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।

यस्तै समुद्घाटनको अवसरमा सहकारीमा खाता खोल्ने सदस्यहरुलाई विशेष सुविधा दिइएको साथै मार्टमा कारोबार गर्ने सदस्य एवं ग्राहकहरुलाई पनि विभिन्न छुट र उपहारहरु दिइएको संस्थाका क्षेत्रीय प्रबन्धक युवराज थापाले बताए।

IMG_6206.jpg

शुभारम्भको अवसरमा मार्टमा कार्तिक २४ गते देखि २८ गतेसम्म सामान खरिद गर्ने ग्राहक र सदस्यहरुलाई २ देखि ३५ प्रतिशतसम्म छुट दिएको मार्टका प्रमुख कार्यकारी अधिकत जोयस भट्टराईले बताए । उनका अनुसार कपडा तथा जुत्ता खरिदमा ३५ प्रतिशत, ब्याग, बेल्ट, पर्स तथा क्याप खरिदमा २५ प्रतिशत, होम तथा किचन एप्लाएन्सेसमा १५ प्रतिशत, खेलौना तथा स्टेशनरी सामानमा १० प्रतिशत र सबैखाले ग्रोसरी र लिक्वाएर सामान खरिदमा २ प्रतिशत छुट दिईएको छ । 

यसैगरी मार्टको एप डाउनलोड गरि सामान खरिद गरिएमा रिवार्ड प्वाइन्ट दिइने र सो प्वाईन्टलाई गिफ्ट भौचरमा परिणत गरि ग्राहकले पुनः सामान खरिद गर्न सक्ने पनि उनले बताए। ग्राहक वा सदस्यले मार्टको एप डाउनलोड गरेमा पनि रु १०० को बोनस भौचर समेत पाउनेछ।

 

images
प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - १८:५७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology