Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनको रत्ननगरमा जनप्रतिनिधी नै मूर्ति चोरेको अभियोगमा पक्राउ परेपछि...

चितवनको रत्ननगरमा जनप्रतिनिधी नै मूर्ति चोरेको अभियोगमा पक्राउ परेपछि...

images

इच्छाकामना न्युज

१८, पौष २०७७
चितवनको रत्ननगरमा जनप्रतिनिधी नै मूर्ति चोरेको अभियोगमा पक्राउ परेपछि...
images

चितवन, १८ पुस । मूर्ति चोरेको अभियोगमा चितवनको रत्ननगरबाट वडा सदस्यसहित ३ जना पक्राउ परेका छन् । २७ किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका १२ का वडा सदस्य ठूलोकान्छा तामाङसहित रत्ननगर १२ कै सुरज तामाङ र रत्ननगर ११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुस १६ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

उनीहरुले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको ईलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

दोषी ठहर भए उनीहरुलाई  ५ देखि १५ बर्षसम्म कैद हुन सक्ने ईलाका टांडिका प्रहरी निरीक्षक प्रकाश शाहले बताए।

 

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - १९:२२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology