Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर गार्डेन रिसोर्टको अध्यक्षमा उत्तमलाल चुके चयन

भरतपुर गार्डेन रिसोर्टको अध्यक्षमा उत्तमलाल चुके चयन

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
भरतपुर गार्डेन रिसोर्टको अध्यक्षमा उत्तमलाल चुके चयन
images

चितवन । भरतपुर गार्डेन रिसोर्ट होटल प्रा लि.को अध्यक्षमा उत्तमलाल चुके चयन भएका छन् ।

images
images

शनिबार सम्पन्न १२औं वार्षिक साधारण सभा एबं चौथो अधिबेशनले चुकेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यमा कमलचन्द्र खनाल, केशब देवकोटा, ऋषिराम पौडेल, भानुभक्त शर्मा, अर्जुन अधिकारी, शंकर प्रसाद कंडेल, कल्याण जोशी र रमेश कुमार पिया चयन भएका छन् ।

अधिबेशनले गोरखा गार्डेन र होटल व्यवस्थापन कार्यक्रम हेर्नका लागि प्रतिनिधि चयन गरेको छ । यस्तै लेखा समिति समेत चयन गरेको छ । स्थापनाको समयदेखि निरन्तर अध्यक्षको रुपमा रहनु भएका विनोद कुमार श्रेष्ठले १२ वर्षपछि नयाँ नेतृत्व हस्तान्तरण गर्नु भएको हो । भरतपुर गार्डेनको मुख्य लगानीमा गोरखामा गोरखा गार्डेन होटल संचालनमा आएको छ । कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा गरिएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

देशका सामाजिक र व्यवसायीक क्षेत्रमा संलग्न ६० जनाको लगानीमा भरतपुर महागरपालिका वडा नम्बर १० वीरेन्द्र बहुमुखी क्याम्पस अगाडी यो होटल रहेको छ ।मुख्य शहरी क्षेत्रामा रहेर पनि हरियाली र रमणीय बातावरणमा होटल अबस्थित छ । १ बिगाहा २ कठ्ठा जमिनमा फैलिएको यस होटलमा ४४ कोठासहित ६ वटा ठूला साना सभाहल र बैठक कक्ष रहेका छन् । होटलमा २ वटा स्विट रुम रहेका छन् ।

नवनियुक्त अध्यक्ष चुकेले होटलका सेवा सुबिधालाई अरु व्यवस्थित बनाएर नमुना होटलको रुपमा निरन्तरता दिईने बताउनुभयो । थप सेवा सुबिधा दिईने भन्दै उहाँले भविश्यमा चेनका रुपमा अन्य सहरहरुमा समेत पुग्ने बताउनुभयो । यो होटल जिल्लाको पुरानो र परिचित सुबिधा सम्पन्न होटलका रुपमा रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - २०:५४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology