Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेन : कृषि विभाग 

यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेन : कृषि विभाग 

इच्छाकामना न्युज

३०, आश्विन २०७९
यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेन : कृषि विभाग 
images

काठमाण्डौ । कृषि विभागले धान रोपाइँको क्षेत्रफल नबढेको बताएको छ । प्रदेश १ बाट प्राप्त तथ्याङ्कमा त्रुटि पाइएपछि वास्तविक विवरण पठाउन भनिएको विभागका महानिर्देशक डा. रेवतिरमण पौडेलले सीआईएनसँग बताउनुभयो ।

images
images

केही दिनअघि विभागले २०७९ सालको साउनसम्म मुलुकभरमा १४ लाख २८ हजार ४ सय ९ हेक्टरमा रोपाइँ भएको तत्याङ्क सार्वजनिक गरेको थियो । २०७८ को तुलनामा धान रोपेको उक्त क्षेत्रफल ८५ हजार ५ सय ८९ हेक्टरले बढी भएको पाइएपछि कृषि मन्त्रालयले पनि चासो देखाएको थियो ।

महानिर्देशक पौडेलका अनुसार केही दिनअघिसम्म परेको लगातारको पानीका कारण भएको क्षतिको विवरण पठाउन पनि प्रदेश सरकारहरूलाई भनिएको छ । करिब १ हप्तामा क्षतिको विवरण आउने र त्यसपछि मात्रै राहत दिने वा नदिने भन्ने बारेमा निर्णय लिइने विभागले जनाएको छ । 

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १०:१४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology