Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्देमा १०० वर्षे आमालाई कोभिड खोप

तनहुँको म्याग्देमा १०० वर्षे आमालाई कोभिड खोप

इच्छाकामना न्युज

६, आश्विन २०७९
तनहुँको म्याग्देमा १०० वर्षे आमालाई कोभिड खोप
images

तनहुँ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ति शिविरमा १०० वर्षे आमालाई कोभिडको फाईजर खोप दिईएको छ । शिविरको तेश्रो दिन म्याग्दे–२,को रिषीथुम भैसीखर निवासी १०० वर्षको धनमाया परियारलाई कोभिडको दोश्रो चरणको खोप लगाईएको हो । 

images
images

पालिकाको आयोजनामा भएको घुम्ति शिविरमा तेश्रोे दिनसम्म ३८३ जनाले कोभिड १९ विरुद्ध वयस्क फाईजर खोप लिएका छन् । जस मध्ये ४८ जनाले पहिलो मात्रा, ३३ जनाले दोश्रो मात्रा तथा ३०२ जनाले तेश्रो÷बुष्टर मात्रा खोप सेवा लिएका हुन ।  

यसैगरि शिविरवाट अशक्त भएर चल्न नसक्ने अवस्थामा रहेका रिषीथुम रामथुन डाँडा निवासी वर्ष ६९ को शेरवहादुर श्रेष्ठलाई घरमा गएर कोभिड खोप र स्वास्थ्य सेवा स्वास्थ्य शाखा प्रमुख तिलक पौडेलले वताए । 

20220922_090201.jpg

एकिकृत घुम्ती शिविर अन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।  

घुम्ति शिविरमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु को उपस्थिती रहेको थियो । यहि असोज २ गते सम्म चल्ने घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - २१:२०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology