गारखा , १३ पुस । प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । गोरखा नगरपालिका ६ पुरानो बसपार्कबाट वडा नम्बर ७ बतासका २१ बर्षिय नबिन नेपालीलाई पक्राउ गरिएको हो ।
गोप्य सुचनाको आधारमा उनको शरिर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र कालो रङको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध डाईजेपाम एम्पुल थान ३८, नुफिन एम्पुल थान ३७, फेनारगन एम्पुल थान ३५ गरी लागु औषध एम्पुल थान ११० फेला परेका थिए ।
उक्त लागु औषध सहित नेपालीलाई पक्राउ गरी लागु औषध डाईजेपाम समेत शिर्षकमा मुद्दा दर्ता गरी आज सोमबार जिल्ला अदालत गोरखाबाट २० दिन हिरासतमा राख्ने म्याद थप अनुमति समेत लिई उक्त मुद्दामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।