Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मिलन फाउन्डेशन नेपालद्वारा पर्वतमा न्यानो कपडा वितरण

मिलन फाउन्डेशन नेपालद्वारा पर्वतमा न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

१३, पौष २०७७
मिलन फाउन्डेशन नेपालद्वारा पर्वतमा न्यानो कपडा वितरण
images

पर्वत, १३ पुस । मिलन फाउन्डेशन नेपालद्वारा जाडोको पोसाक (न्यानो कपडा) वितरण गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका २ देउपुर पातिचौरमा रहेको पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार पोसाक वितरण गरेको मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङले जानकारी दिए ।

पशुपति आविको व्यवस्थापन, मिलन फाउन्डेशन नेपालको आयोजनामा भएको कार्यक्रममा मिलन ट्रस्ट २०७४ की संरक्षक सावित्रीकुमारी गुरुङ र मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ (मिलन) ले प्रायोजन गरेका थिए ।

संरक्षक गुरुङले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने स्कुल व्यवस्थापन समिति, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विद्यालयका प्रअ तथा शिक्षक, शिक्षिका, विद्यार्थीहरु, अभिभावकहरु, फाउन्डेशनकर्मीहरु लगायत सम्पूर्ण उपस्थित दिदीबहिनी तथा दाजुभाइहरुमा धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:५८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology