Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

थारु कलाकार सभा चितवनको नेतृत्वमा पुनः सुरेश चौधरी चयन

थारु कलाकार सभा चितवनको नेतृत्वमा पुनः सुरेश चौधरी चयन

इच्छाकामना न्युज

१६, भाद्र २०७९
थारु कलाकार सभा चितवनको नेतृत्वमा पुनः सुरेश चौधरी चयन
images

रत्ननगर । थारु कलाकार सभा चितवनको दोस्रो अधिवेशन विहिवार सुकुल रेष्टुरेन्टमा सम्पन्न भएको छ । अधिवेशनले पुनः सुरेश चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

images
images

अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हिरा चौधरी, उपाध्यक्षमा मुस्कान चौधरी, सचिवमा रोहित सिंह चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी चयन  भएका छन भने सह सचिव नितेश चौधरीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा रामप्रित महतो, देव महतो, फिलिप चौधरी, विश्व चौधरी, सोनुप चौधरी, मायारा चौधरी र धिरज चौधरी रहेका छन । 

304191996_526952612530445_7157172890278289938_n.jpg

अधिवेशनले विक्रम चौधरीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा रविन चौधर र कृशला चौधरी रहेका छन । 

अधिवेशन थारु कल्याणकारीणी सभाका अध्यक्ष ललित चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा थारु पत्रकार संघ नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष दिपेश चौधरी, होटल ह्याप्पी होमका संचालक कृष्ण महतो, सुकुल रेष्टुरेन्टका संचालक अजित खड्का,  थारु महिला सभा चितवनका अध्यक्ष धन्जु महतो लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम सुरेश चौधरीको अध्यक्षता सम्पन्न भएको थियो । 

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - २१:२६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology