Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सरकारले मन्त्रीमण्डल विस्तार गर्नु अनुचित रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी 

सरकारले मन्त्रीमण्डल विस्तार गर्नु अनुचित रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी 

images

सिआईएन

१२, पौष २०७७
सरकारले मन्त्रीमण्डल विस्तार गर्नु अनुचित रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी 
images

काठमाण्डौ, १२ पुस । नेकपाका दुई समुह समानान्तर रुपमा बैठक र भेलाहरु चलाउँदै आफू नै आधिकारिक भएको दावी गर्दै आफ्नो पक्षमा जनमत बढाउने अभियानमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समुहले आफ्नो समुह नै आधिकारिक नेकपा भएको भन्दै केन्द्रीय समिति बैठक, भेला तथा प्रशिक्षणहरु गरिहरेको छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले पनि बहुमत आफैसँग भएको भन्दै आफुहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ । 
तर एक अर्काले आफ्नो पक्षमा भन्दै गणना गरेका नेता कार्यकर्ताहरुले समूह फेरबदल गरिरहेका छन् । हिजो मात्रै हुम्लाका सांसद छक्कबहादुर लामाले नेकपा प्रचण्ड माधव समूहमा आवद्ध भएको बताउनुभएको छ । पार्टी फुट्दा ओली समूहमा लाग्नु भएका लामाले बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरेकाले आफू प्रचण्ड पक्षतिरै फर्किएको प्रतिक्रिया दिनुभएको छ । 
शिर्ष तहका अधिकांश नेताहरु आफ्नो कित्ता स्पष्ट पार्दै समुहमा विभाजित भइसकेका छन् भने केही अझै अन्योलमा नै देखिएका छन् । नेकपाका उपाध्यक्ष वामदेव गौतमले अझै पनि आफू तटस्थ रहेको बताउनुभएको छ । हिजो प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका नेता गौतमले आफू कुनै पक्षमा नलागेको तर संसद विघटनको भने विपक्षमा रहेको प्रतिक्रिया दिनुभयो । दुई नेताको बीचमा संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको थियो । 
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्दै गएको प्रति पनि आलोचना सुरु भएको छ । चुनावी सरकारले यसरी मन्त्रीमण्डल विस्तार गर्दै जानु गलत भएको राजनितिक विश्लेषकहरुले बताएका छन् । 

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०९:११:०० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology