Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनमा बन्दको प्रभाव

चितवनमा बन्दको प्रभाव सामान्य, भरतपुरमा छ वटा गाडीमा तोडफोड

चितवनमा बन्दको प्रभाव सामान्य, भरतपुरमा छ वटा गाडीमा तोडफोड

images

इच्छाकामना न्युज

७, भाद्र २०७९
चितवनमा बन्दको प्रभाव सामान्य, भरतपुरमा छ वटा गाडीमा तोडफोड
images

चितवन । विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि सामान्य परेको छ । बन्दको अवज्ञा गरेको भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले पाँच बन्दकर्तालाई पक्राउ गरेको छ भने चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बन्दकर्ताले प्रदेश३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले हानेर सिसामा क्षति पु¥याएका छन् ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२३ बस्ने बर्ष ३५ को अमित घिसिङ, बा ८० प ९०२४ नम्बरको मोटरसाइकल चालक बारा घर भइ हाल भरतपुर–९ बस्ने बर्ष २१ को राजन बाबु सिंह, ना ३१ क ६८१० नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने बर्ष ३२ को सुरज शर्मा र पछाडी सवार बर्ष २४ को सुदिप पौडेल रहेका छन् ।

त्यस्तै, भरतपुर–२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ र बागमती प्रदेश०३–००१ प ६८०५ र ना ५६ प ८५५४ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०९:३४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology