Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सिन्धुपाल्चोकको जुगलका १ सय ९९ घरधुरी सम्पूर्ण सुविधाबाट वञ्चित 

सिन्धुपाल्चोकको जुगलका १ सय ९९ घरधुरी सम्पूर्ण सुविधाबाट वञ्चित 

images

इच्छाकामना न्युज

७, भाद्र २०७९
सिन्धुपाल्चोकको जुगलका १ सय ९९ घरधुरी सम्पूर्ण सुविधाबाट वञ्चित 
images

दिपक खत्री, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा पर्ने तेम्बाथान, तेगा र दिपुमा पुर्वाधारको पहँुच अझै पुग्न सकेको छैन । त्यहाँका बासिन्दासरकारी सेवासुविधासहित स्वास्थ्य एवं शिक्षा, सडक र बिजुलीको पहुँचबाट बाहिर छन् । तेम्बाथानमा१ सय ६७ घरधुरी छन् भने दिपु, साङ्लुङ र तेगा गाउँमा ३२ घरधुरीको बस्ती छ ।

त्यहाँका नागरिकलाई पालिकाको कात्तिके बजारसम्म पुग्नलाई २ दिन पैदल हिड्नुपर्छ । सडक नहुँदा दैनिक उपभोग्य सामग्री किन्नको लागि हिँडेरै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानियवासी कामी शेर्पाले बताउनुभयो ।

यहाँका नागरिक  सडक मात्रै होइन स्वास्थ्य सेवाबाट समेत पछाडी रहेका छन् । गम्भिर बिरामी भए अस्पताल पु¥याउन ढिलाइ हुने हुँदा बिरामीको ज्यान जोगाउन कठिन हुन्छ । आमाबुवा चौँरी गोठमा व्यस्त हुँदा बालबालिकाले विद्यालय छोड्ने दर पनि बढिरहेको छ । पढाइभन्दा चौँरीगोठ प्यारो भन्ने मान्यताले बालबालिका शिक्षाबाट टाढा बनाइरहेको छ  ।

गोठ नगइ विद्यालय जान थालेका बालबालिकाहरूको पढाइ पनि ६ सम्म पढेर रोकिन्छ । धेरैजसो परिवारटुकी बत्तीकै भरमा छन् भने सञ्चार सुविधाबाट बञ्चित छन् । योसभामुख अग्नी प्रसाद सापकोटा निर्वाचन क्षेत्र भित्र पर्दछ । चुनावको बेला मात्रै नेता कार्यकर्ता गाउँ छिर्ने र विकास र समृद्धिको आश्वासन दिने चुनाव सकिएपछि गाउँ नफकर्ने नागरिकको गुनासो छ । 

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०८:५७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology