कुरिनटार । यहि भदौ ९ गतेदेखि १९ गतेसम्म संंचालन हुने भनिएको दोस्रो इच्छाकामना महोत्सव नहुने भएको छ । महोत्सव संचालनका लागि इच्छाकामना गाउँपालिकाले आयोजकलाई दिइएको अनुमति बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै रद्द गरिदिएपछि महोत्सव नहुने भएको हो।
गाउँपालिकाको वडा नं. ४ को कार्यालय आयोजक रहने गरि भदौ ९ गतेदेखि दोस्रो इच्छाकामना महोत्सव हुने भनिएको थियो। तर महोत्सव सुरु हुन ४ दिन बाँकी छदा महोत्सव संचालन गाउँपालिकाले अनुमति रद्द गरिदिएको छ । गाउँपालिकाले आज एक सूचना जारी गरि महोत्सव संचालन अनुमति रद्द गरिदिएको हो।
