Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको ऋषिङमा पर्यटकीय स्थल प्रवद्र्धनका लागि दौड प्रतियोगिताको आयोजना

तनहुँको ऋषिङमा पर्यटकीय स्थल प्रवद्र्धनका लागि दौड प्रतियोगिताको आयोजना

रासस

११, पौष २०७७
तनहुँको ऋषिङमा पर्यटकीय स्थल प्रवद्र्धनका लागि दौड प्रतियोगिताको आयोजना
images

दमौली, ११ पुस । कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो ।

images
images

शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ । खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । खुल्लातर्फ प्रथमलाई रु ६५ हजार, दोस्रो हुनेलाई रु ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुने तीनजनालाई रु १० हजारका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताउनुभयो ।

खुल्ला दौड ऋषिङ गाउँपालिका–८ वा अवस्थित दबुङकोट भ्युटावरसम्मको ४० किमी दूरीमा हुनेछ । ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट शुरु हुने प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढुङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगैँचा, तल्लो भिरकोट हुँदै सानो भिरकोटमा रहेको भिरकोट राजाको भग्नावशेषका रुपमा भिरकोटकोटसम्म पुग्नेछ ।

स्थानीय दौड ऋषिङ गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकीयस्थल गढीकोटबाट ऋषिङ गाउँपालिका–६ मा अवस्थित ज्यामिरे माई मन्दिरसम्म १० किमी दूरीको हुनेछ । उक्त दौडमा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ ।

महिला दौड ऋषिङ–८ गढीकोटदेखि ऋषिङ–७ मा अवस्थित दुर्गा भवानी मन्दिरसम्म चार किमी दूरीको हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु आठ हजार र तेस्रो हुनेलाई रु पाँच हजार प्रदान रिनेछ ।

दौड प्रतियोगिताकै अवसर पारेर ऋषिङ–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकयस्थल गढीकोटमा निर्माण हुन लागेको दृश्यावलोकन स्तम्भको शिलान्यास गरिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । साथै दौड सम्पन्न हुने स्थान ऋषिङ–३ मा निर्माणसम्पन्न भएको दबुङ दृश्यावलोकन स्तम्भको उद्घाटन गरिनेछ । “ऋषिङ ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान हो, प्रतियोगिताको उद्देश्य भनेको त्यस्ता स्थलको प्रचारप्रसार गर्नु हो”, उहाँले भन्नुभयो, “ओझेलमा परेका त्यस्ता ठाउँको पहिचानका लागि दौडले सहयोग पुग्नेमा विश्वस्त छौँ ।”

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - ०८:४३:२७ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology