Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पोखरामा गुरुङ समुदायले भव्य मनाए ट्होटें पर्व

पोखरामा गुरुङ समुदायले भव्य मनाए ट्होटें पर्व

इच्छाकामना न्युज

३१, श्रावण २०७९
पोखरामा गुरुङ समुदायले भव्य मनाए ट्होटें पर्व
images
पोखरा । पोखरामा गुरुङ समुदायले धूमधामका साथ ट्होटें पर्व मनाइएका छन् । पोखराको मानवअधिकारचोकबाट मंगलबार परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ठूलो पर्वमध्येको एक ट्होटें पर्व मनाइएको हो ।
 
ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शनसहित पर्व मनाएका हुन् । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ । चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार गरि दुईपटक उधौली र उभौलीको रूपमा यो पर्वलाई मनाउने प्रचलन रहेको छ । गुरुङको मुख्य पर्व लोसार हो । ट्होटें पर्व पनि उत्तिकै पुरानो सांस्कृतिक पर्व हो । गाउँमा मनाइने पर्व परम्परा जोगाउन सहरमा पनि मनाउन थालिएको तमु धींका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।
300054571_365063195830878_3008535143239972516_n.jpg
 
परापूर्व कालमा गाउँघरमामा खेतीपाती राम्रो होस, शत्रु नाश होस भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिएतापनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको पाइन्छ । तर अहिले शहरी क्षेत्रमा मनाइने पर्वमा भने सामाजिक कुसंस्कार, भ्रष्टाचार, बेथितीलाई नाश गर्ने उद्देश्यसहित ट्होटें पर्व मनाइएको बताइन्छ । मंगलबारको ¥यालीमा पोखरामा रहेका विभिन्न तमु समाजको उपस्थिती रहेको थियो ।
 
पोखरामा मनाइएको ट्होटेंमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिती थियो । ¥यालीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शोकबाट सुखद यात्रामा लाग्ने र भूतप्रेत हटाउने मात्र नभइ यस्ता पर्वले समाजबाट अन्धविश्वास, गरिबी र पछौटेपन पनि हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘प्राचीन कालदेखि नै यहाँको माटो, ढुंगा, वन, जंगल, कृषि योग्य जमिनमात्र होइन, नेपाली संस्कृति र गुरुङ जातीको विषेश योगदान रहेको स्मरण गर्न चाहान्छु’, राष्ट्रपति भण्डारीले भनिन् । गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले नेपाली संस्कृतिलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
299495085_365063945830803_3884512980515964833_n.jpg
 
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ तमुहरुको थातथलो गण्डकी प्रदेशले यस्ता पर्व र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए । उनले गुरुङ समुदाय शासन देखि प्रशासनको क्षेत्रमा अब्बल हुनुपर्ने उनको धारणा थियो । राजनैतीकदेखि प्रशासनको क्षेत्रमा गुरुङ समुदायको मानिसहरुको राज हुनुपर्ने उनले बताए । ‘लाहुरे संस्कृतिको मैले विरोध गर्दिन,’ उनले भने, ‘तर समय सापेक्षिक रुपमा परिवर्तन हुनुपर्छ ।’
299737436_365063929164138_6283324323895357657_n.jpg
 
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, प्रदेश सांसद मिना गुरुङलगायतले ट्होटेंको शुभकामना दिएका थिए ।
 
झाँकी ¥यालीमा चिउली पाचे प्रथम
 
ट्होटें पर्वको अवसरमा गरिएको झाँकी ¥यालीमा चिउली पाचे तमु समाज प्रथम भएको छ । भने डडुवा दुर्छा तमु समाज दोस्रो भएको छ । पहिलो भएको चिउली पाचेले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको तमु र्धीका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । यस्तै द्वितिय भएको डडुवा दुर्छाले नगद २० हजारसहित ट्रफी हात पा¥यो ।
299761281_365063405830857_4383628089930933696_n.jpg
 
उक्त झाँकी ¥यालीमा घान्द्रुक ब्रेज मस्रो तमु समाज तेस्रो हुँदै १५ हजार र ट्रफी प्राप्त ग¥यो । भने सोंपाल तमु समाजले चौथों हुदै नगद १० हजार रुपैयाँ प्राप्त गरेको गुरुङले बताए । यस्तै चारभञ्याङ तमु समाज, फुलबारी तमु समाज, दिप र बगर तमु समाज सान्त्वना हुँदै ५/५ हजार रुपैयाँ प्राप्त गरेको उनले जानकारी दिए । तस्वीर सबै : पोखरासिटि डटकमबाट
 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - २१:३८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology