Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

दोस्रो इच्छाकामना महोत्सव

भदौ ९ गतेदेखि दोस्रो इच्छाकामना महोत्सव संचालन हुने

भदौ ९ गतेदेखि दोस्रो इच्छाकामना महोत्सव संचालन हुने

images

इच्छाकामना न्युज

२४, श्रावण २०७९
भदौ ९ गतेदेखि दोस्रो इच्छाकामना महोत्सव संचालन हुने
images

कुरिनटार । दोस्रो संस्करणको इच्छाकामना महोत्सव भदौ ९ गते देखि १९ गते सम्म हुने भएको छ।

इच्छाकामना गाउँपालिका वडा नं ४ को आयोजना तथा इच्छाकामना गाउँपालिकाको संरक्षकत्वमा ‘हामी सबैको चाहना –समृद्द ईच्छाकामना’ भन्ने मुल नाराका साथ १० दिनसम्म दोस्रो ईच्छाकामना महोत्सव–२०७९ कुरिनटारमा हुने भएको हो।

कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको इच्छाकामना गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रुद्र उप्रेतीले बताउनुभयो।

यस अघि २०७५ सालमा इच्छाकामना उधोग वाणिज्य संघको आयोजना तथा गाउँपालिकाको संरक्षकत्वमा प्रथम इच्छाकामना महोत्सव भएको थियो।

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - २१:२३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology