Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोर्लेमा बस दुर्घटना अपडेट : दुर्घटनामा परेका सबै मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु (नामसहित)

भोर्लेमा बस दुर्घटना अपडेट : दुर्घटनामा परेका सबै मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु (नामसहित)

इच्छाकामना न्युज

१६, श्रावण २०७९
भोर्लेमा बस दुर्घटना अपडेट : दुर्घटनामा परेका सबै मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु (नामसहित)
images

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

images
images

आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । घाइतेहरु मध्ये अधिकांश मुक्तिनाथ विकास बैंकको कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरु भरतपुरमा कार्यक्रम सकेर धादिङ फर्किदै थिए ।

घाइतेहरुको नामः

१.टिकाराम श्रेष्ठ (धादिङ)
२.प्रमिला भट्ट (धादिङ)
३.सरोज खतिवडा (धादिङ)
४.दीपा रेग्मी (धादिङ)
५.जीवन कुमार (नुवाकोट)
६.उपेन्द्र भण्डारी (नुवाकोट)
७.सुजन आचार्य (धादिङ)
८.सरोज मोक्तान (मकवानपुर)
९.सावित्री सापकोटा (धादिङ)
१०.स्वस्तिका आचार्य (धादिङ)
११.विकास संजेल (ललितपुर)
१२.मनोज भण्डारी (धादिङ)
१३.सुवास नेपाल (नुवाकोट)
१४.धर्मबहादुर खड्का (दोलखा)
१५.प्रकाश अधिकारी (धादिङ)
१६.सनिशा अधिकारी (धादिङ)
१७.रोजिना श्रेष्ठ (धादिङ)
१८.अन्जेल कुमाल (भरतपुर)

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १७:४४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology