Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनमा प्रतिरोधी सडक कविता वाचन

अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनमा प्रतिरोधी सडक कविता वाचन

इच्छाकामना न्युज

१४, श्रावण २०७९
अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनमा प्रतिरोधी सडक कविता वाचन
images

चितवन । अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनको आयोजनामा प्रतिरोधी सडक कविता वाचन कार्यक्रम भएको छ ।

images
images

जब जब देश डुब्छ जुर्मुराउछन् स्रष्टाहरू भन्ने विश्लेषण सहित एमसीसी, एसपीपीलगायत नागरिकता विधेयक विरुद्धका कविता गीतहरु गाएर स्रष्टाहरुले आफ्नो आवाज बुलन्द गरेका हुन् ।

जनसाँस्कृतिक महासंघ चितवनका अध्यक्ष प्रकाशबाबु खनालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य विकास , मकवानपुर जिल्ला इन्चार्ज अशोक शर्मा, जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष रविकिरण निर्जीव, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेमप्रसाद कँडेल, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य विपिन शर्मा निरौला लगायत प्रगतिशील लेखक कविहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा इश्वरी ओझा, श्यामसुन्दर पन्त, मिसम अधिकारी, वासुदेव वाग्ले, भिमराज पौडेल, अशोक शर्मा, बाबुराम प्यासी, विपिन शर्मा, प्रेम प्रसाद कडेल, रविकिरण निर्जीवलगायतका स्रष्टाहरूले आफ्ना रचनाहरु वाचन गरेका थिए । समग्र कार्यक्रमको समीक्षा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मोदनाथ मरहठ्ठाले गरेका थिए ।

 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - १९:०८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology