तनहुँ, ४ पुस । भुमि सम्वन्धि समस्या समाधान आयोगले जिल्लामा भएको भुमिसम्वन्धि समस्या समाधानका लागी सरोकारवाला सँग छलफल गरेको छ । भानु नगरपालिका वडा नं ३ को वडा कार्यलयमा भएको छलफलमा अव्यवस्थित, सुकुम्वासी जग्गा सम्वन्धि सरकोकार पक्ष सँग अन्र्तक्रिया गरेको हो । भुमि सम्वन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य एक वहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा अध्यक्ष दलनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा भुमि सम्वन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य एक वहादुर रानाले विगतमा पनि सरकारले भुमि समस्याका लागी आयोग वनेको तर त्यो प्रतिपक्ष दलका कारण सफल हुन नसकेको तर अहिले गठित आयोग संसदवाट नै अनुमोदित भएको हुनाले सरकार ढल्दा र नयाँ वन्दा आयोगलाई कुनै असर नगर्ने वताउनुभयो । छुट जग्गा, अव्यवस्थित जग्गा, भुमिहिनहरुका लागी आयोगले विभिन्न प्रकारको नियमहरु वनाएर काम गरेको हुदाँ यसले पुर्णता पाउने विश्वास गर्नुभयो । आयोगले आवश्यकताका आधारमा क्षेत्रगत आधारमा भुमिको व्यवस्थापन गर्ने हुदाँ ईमान्दारिताका साथ आफुले भोगचलन गरेको जग्गालाई व्यवस्थित गर्नका लागीका सवैले भुमिका खेल्नुपर्ने वताउनुभयो ।
गण्डकी प्रदेशको अन्तर्गत तनहुँको भानु नगरपालिका, देवघाट गाँउपालिका र शुक्ला नगरपालिकामा भुमिको समस्या अत्याधिक रहेको हुदाँ पहिलो प्राथमिकतामा राखेर काम गर्ने वहाँले वताउुनभयो । आयोगद्धारा गठित समितीका सदस्यहरु जनताको प्रत्येक घरमा नै गएर विवरण संकलन गर्ने हुदाँ कोहि पनि नआत्तिन वहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा गण्डकी प्रदेश सदस्य ओम कुमारी पौडेलले विगत देखिको जनताको लालपुर्जा पाउने आशा यो सरकारले पुरा गर्ने वताउनुभयो । विगतमा पनि सरकारले जनतालाई लालपुर्जा दिनका लागी लागेको तर विपक्षीका कारण असफल भएको नेकपा तनहुँका कार्यलय सचिव राजेश्वर ढकालले वताउनुभयो । आयोगलाई पुर्ण अधिकारका साथ काम गर्ने वातावरण भएकोले निष्पक्षका साथ काम गर्नुपर्ने सचिव ढकालले वताए ।
भानु नगरपालिकाको वडा नं ९, ८, ३ र १ वडामा संचालन भएको अन्र्तक्रिया कार्यक्रममा जनताहरुले भुमि सम्वन्धि विभिन्न जिज्ञासा राखेका थिए ।