सुशिला श्रेष्ठ, काठमाडौं, ३२ असार । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको दर हालसम्म कै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १ गतेसम्म ७१ लाख २० हजार ३ सय १९ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृती लिएका छन् । जसमा पुरुष कामदारको सङ्ख्या ६७ लाख ७ हजार २५ जना रहेको छ ।
महिला कामदारको सङ्ख्या भने ३ लाख ३३ हजार ३४ जना रहेको छ, जुन कुल श्रम स्वीकृति लिने मध्ये जम्मा ४ दशमलव ६७ प्रतिशत हो । श्रम स्वीकृति लिने मध्ये ५० लाख १६ हजार ८ सय ५८ जनाले भने रोजागारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् ।
पुनः श्रम स्वीकृति लिनेहरूमा झण्डै ४८ लाख पुरुष रहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताउनुभयो । गत वर्षको तुलनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ६१ हजार ८ सय ५ जनाले बढि हो ।