Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–पोखरा सडकखण्ड

मुग्लिन–पोखरा सडकखण्डको पश्चिम खण्डमा १३८ संरचना भत्काइँदै

मुग्लिन–पोखरा सडकखण्डको पश्चिम खण्डमा १३८ संरचना भत्काइँदै

इच्छाकामना न्युज

२९, आषाढ २०७९
मुग्लिन–पोखरा सडकखण्डको पश्चिम खण्डमा १३८ संरचना भत्काइँदै
images

तनहुँ, २९ असार । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)अन्तर्गत १३८ वटा संरचना भत्किने भएका छन् । राजमार्गअन्तर्गत तनहुँको जामुनेबाट कोत्रेसम्म विभिन्न किसिमका घर, टहरा, पर्खाललगायतका संरचना हटाउन लागिएको छ ।

images
images

उक्त संरचनाको प्रतिस्थापन तथा क्षतिपूर्तिका लागि योजनाले कूल रु दुई करोड ४५ लाख ३९ हजार ६३३ क्षतिपूर्ति रकम दिन स्वीकृत गरेको छ । सडक विस्तार गर्ने कार्यमा सडक मापदण्डभित्र निर्माण गरिएका ती संरचना भत्किने मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एसियाली विकास बैंकको सेफगार्ड पोलिसी स्टेटमेन्टअनुसार योजनाबाट प्रभावित केही व्यक्तिलाई प्रतिस्थापन तथा क्षतिपूर्ति रकम प्रदानका लागि बजेट स्वीकृत गरिएको हो । जिल्लाको म्याग्दे गाउँपालिकास्थित जामुने बेलचौतराबाट कोत्रेसम्म (खैरेनीटार बजारबाहेक)का घर, टहरा, पर्खाललगायतका संरचना भत्काइनेछ ।

पृथ्वी राजमार्गअन्तर्गत योजनाले स्तरोन्नति गर्ने सडक जामुनेबाट कोत्रेसम्मको मापदण्ड २५–२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक संरचना हटाइने उहाँले बताउनुभयो । आयोजनाबाट प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले त्यस्ता संरचना यकिन गरी प्रतिवेदन पेश गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

क्षतिपूर्ति रकम भुक्तानी दिँदा पहिलो किस्तावापत ५० प्रतिशत सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिने व्यवस्था छ । दोस्रो किस्तामा घर, टहरा स्वयंले हटाइसकेपछि मात्रै वडा कार्यालयको सिफारिसका आधारमा सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिने सो योजनाले जनाएको छ ।

यदि रु एक लाख वा सोभन्दा कम भएमा एकमुष्ट भुक्तानी दिने व्यवस्था मिलाइएको योजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सम्बन्धित पक्षबाट निर्धारित मितिसम्म पनि हटाउनुपर्ने घर, टहरा नहटाएमा योजना कार्यालय स्वयंले त्यस्ता संरचना हटाई सडक विस्तार कार्य अघि बढाउने र उक्त कार्यमा सबै पक्षबाट सहयोग गर्ने गरी निर्णय भएको छ ।

आयोजना कार्यान्वयनमा आइपर्ने गुनासो सुनुवाइका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी छ सदस्यीय समिति गठन गरिएको । सदस्यमा मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाका परामर्शदाता वातावरणविज्ञ एक र सामाजिकविज्ञ एक रहने गरी समिति गठन भएको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - २१:४०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology