Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन विशेष

चितवनमा ट्रकबाट कपडा डकैती गर्ने बुटवलका सजिव ढुङगेल पक्राउ

चितवनमा ट्रकबाट कपडा डकैती गर्ने बुटवलका सजिव ढुङगेल पक्राउ

इच्छाकामना न्युज

२५, आषाढ २०७९
चितवनमा ट्रकबाट कपडा डकैती गर्ने बुटवलका सजिव ढुङगेल पक्राउ
images

चितवन, २५ असार । चितवनमा दुई वटा ट्रकबाट डकैती गरेर कपडा लुटेर फरार भएका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

images
images
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.१७ मोतीपुर बस्ने वर्ष २८ का सजिव ढुङगेल रहेका छन् । उनलाई आज दिउँसो चितवनको खैरहनी नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
गत वैशाख १४ गते वीरगञ्जबाट पोखरा हिडेको लत्ताकपडासहित धनमाल लोड गरि आएको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बको ट्रकहरुलाई विहान करिव ८ः४० बजेको समयमा मुख्य राजमार्गबाट करिव २ किलोमिटर भित्र राप्ती नगरपालिका–१, नयाँबस्ती स्थित जंगलछेउमा पु¥याईएको थियो । त्यहाँ ट्रकबाट डाँका गरि लत्ताकपडालगायतका सामान दुई वटा योद्धा गाडीमा राखेर रत्ननगर नगरपालिका–१४, स्थित लौरीघोलमा लगेर लुकाएर राखिएको थियो ।

सोही घटनाका फरार प्रतिवादी रहेका ढुंगेललाई प्रहरीले २ महिनापछि पक्राउ गर्न सफल भएको हो । ढुङगेल संलग्न रहेको उक्त डाँका मुद्दा यसअघि चितवन जिल्ला अदालतमा दायर भई सकेको अवस्था छ । ढुङगेलको नाउँमा अदालतबाट वारेन्ट, म्याद जारी भएकोले उनलाई असार २७ गते सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २ वटा ट्रकमा ४७ लाख ५१ हजार ३५४ रुपैयाँ बराबरको लत्ताकपडा र अन्य सरसामानहरु रहेका थिए ।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - २०:५०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology