Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

तमु प्ये ल्हु संघ चितवनले पुस ११ गते नारायण नदी किनारमा तमु ल्होसार मनाउने

तमु प्ये ल्हु संघ चितवनले पुस ११ गते नारायण नदी किनारमा तमु ल्होसार मनाउने

images
तमु प्ये ल्हु संघ चितवनले पुस ११ गते नारायण नदी किनारमा तमु ल्होसार मनाउने
images

चितवन, २ पुस । गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ चितवनले यस वर्षको तमु ल्होसार नारायणी नदि किनारमा मनाउने भएको छ। संघले विविध साँस्कृतिक कार्यक्रम सहित यहि पुस ११ गते शनिबारका दिन नारायणी नदि किनारमा तमु ल्होसार मनाउने भएको हो।
संघको मंसिर २५ बसेको नियमित मासिक बैठकले गरेको निर्णय बमोजिम यहि पुस ११ गते नारायणी नदी किनारमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विविध साँस्कृतिक कार्यक्रम सहित जिल्ला स्तरीय रुपमा यस वर्षको तमु ल्होसार मनाउन लागिएको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो। कार्यक्रममा संघको २२ वटा इकाई समितिको समेत प्रतिनिधित्व गराई ल्होसार मनाईने उहाँले बताउनुभयो।
यसका लागि संघले सम्बन्धित सबैलाई पत्राचार गर्न सुरु गरिसकिएको छ। यस्तै यसपालीको तमु ल्होसार फरक किसिमले मनाउने पनि संघले जानकारी दिएको छ। जस अनुसार आगामी वर्ष हुन लागेको राष्टिय जनगणनालाई मध्यनजर गर्दै धर्मको महलमा तमुहरुको मौलिक धर्म वोन लेखौ भन्ने अभियानलाई तमु ल्होसारमा समेत निरन्तरता दिईनेछ। 

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १०:०५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology