Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सेयर बजार १८८४ बिन्दुमा झरेर बन्द, साढे दुई वर्षअघिकै अवस्थामा आइपुग्यो नेप्से

सेयर बजार १८८४ बिन्दुमा झरेर बन्द, साढे दुई वर्षअघिकै अवस्थामा आइपुग्यो नेप्से

इच्छाकामना न्युज

६, आषाढ २०७९
सेयर बजार १८८४ बिन्दुमा झरेर बन्द, साढे दुई वर्षअघिकै अवस्थामा आइपुग्यो नेप्से
images

काठमाडौं, ६ असार । तीव्र गतिमा ओर्लिएको सेयर बजारले सोमबार अघिल्लो बुलको उच्चतम विन्दुलाई परीक्षण गरेको छ। दोहोरो अंकले घट्दा परिसूचक १८८४.८१ को विन्दुमा बन्द हुन पुगेको हो । पछिल्लो बुलिस मुभमा सेयर बजारले १८८८ सम्मको यात्रा तय गरेको थियो। 

images
images

यो विन्दु नजिक परिसूचकको प्रभावशाली टेवा रहेको अनुमान अधिकांश बजारले गरिरहेको छ। यद्यपि सोमबार सेयर बजारको उतारचढाव दौरान परिसूचक १८८० को विन्दुसम्म ओर्लिन पुग्यो। कारोबारको सुरुवातमै हावी भएको बिक्री चापले परिसूचक अनुमानित टेवा विन्दुभन्दा तल आएलगत्तै झन् तीव्रता पायो।

सेयर बजारको अपत्यारिलो प्रवृत्तिले लगानीकर्तामा अन्योल थपेको छ। तीन दशक लामो मुलुकको सेयर इतिहासमा बजारले अघिल्लो बुलिस हाइमा आफ्नो मेजर सपोर्ट बनाउने गरेको छ। बारम्बार दोहोरिएको उक्त व्यवहार यसपटक सार्थक हुने अथवा नहुने लगानीकर्तामाझ अन्योल सिर्जना गरेको छ। 

पछिल्ला साइकलमा यस विन्दु नजिकिएलगत्तै सेयर बजारमा खरिदकर्ताको सक्रिय प्रदर्शनी देखिने गरेको थियो । पर्याप्त ‘एक्युमुलेसन’ले बजारको ट्रेन्ड रिभर्स नै गर्ने गरेको थियो । यद्पिद्य यस डिमान्ड जोनमा ‘डि«स्टिब्युसन’ को अनुपात ‘एक्युमुलेसन’को तुलनामा अधिक हुँदा, बजारको घट्दो लयले थप निरन्तरता पाउने गर्थ्यो।  

डिमान्ड जोनमै आइपुगेको परिसूचकमा अझै पनि आवश्यक ‘एक्युमुलेसन’ भेटिंदैन । परिणामस्वरूप ४९.३१ अंकको पहिरो सोमबारको सेयर बजारमा गयो। विशेषगरी बजेट सार्वजनिक भएलगत्तै बजारको गिरावटले तीव्रता पाएको देखिन्छ । बजेटअघि पनि बजार घट्ने गरेको थियो। तर बजेटपछि भने बजार निरन्तर ओरालो लाग्दै छ।

अपवाद बनेका केही कारोबारबाहेक बजेटपछिका कारोबारमा बजार प्रायः रातो पोतेर नै बिदा हुने गरेको छ। बजेट सार्वजनिक भएपछि मात्र सेयर बजार साढे ३०० अंक अधिकले ओर्लिसकेको छ। सोमबारको बजार डेढ वर्षयताकै कमजोरसमेत हो।  

यसै दौरान सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता आन्दोलनमा समेत उत्रिएका छन्। उनीहरुले बजार सुधारका लागि केन्द्रीय बैंक र सरकारसँग माग राखेका छन्। उनीहरुको मागको सुनुवाइमा भने दुवै निकायले चासो देखाएका छैनन्। अर्थ मन्त्रालयले चार सदस्यीय एक समिति बनाएको छ, तर अहिलेसम्म यसले काम थालेको छैन।

बजारको स्थायित्व कायम गर्न भन्दै लगानीकर्ता सडकमा प्रदर्शनी गर्दै गर्दा कारोबारको दायरासमेत साँघुरिएको छ। कारोबार पूर्णतया सेलिङ प्रेसरको अधिनमा बढेको हो। कारोबार खुलेलगत्तै तीव्र गतिले बजार घट्दा घाटा बहन गर्न नसक्नेहरुको जमात सक्रिय देखिन्छ। सोमबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरका कुल ६१ लाख ८६ हजार कित्ता किनबेच भएका हुन्।

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - १९:५३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology