चितवन, ३० मंसिर । आज डिसेम्बर १५ अन्तर्राष्ट्रिय चिया दिवसको दिन। आजैकै दिनको शुभ अवसर पारेर चिया पिउने गलत तरिकालाइ सुधार्ने अभियानका साथ चितवनका सकृय युवा व्यवसायीहरुले ग्रीन गोल्ड प्रालीको शुभारम्भ गरेका छन्। स्थानिय ३ युवाहरु शम्भु राउत, कृष्ण बहादुर बिक र भबिन्द्र बिक को मुख्य लगानीमा स्थापित कम्पनीको आज विधिवत रुपमा समुद्घाटन गरि शुभारम्भ गरेका हुन्। कम्पनीले विभिन्न किसिमका चियाहरुको बिक्रीवितरण गर्नुका साथै कुन चिया कसरी पिउदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सिकाउदै चिया पिउने गलत तरिकालाइ सुधार्दै लैजाने अभियान समेत चलाउने कम्पनिका प्रबन्ध निर्देशक शम्भु राउतले जानकारी दिनुभयो। "अहिले हामीले चिया पिउदै आएको तरिका धेरै जसो गलत भएकोले स्वास्थ्यका लागि हानिकारक देखिन्छ, त्यसैले चिया पिउने परिवर्तित तरिका आम समुदायलाइ सिकाउन कम्पनिले प्रयास गर्नेछौ" -उहाँले भन्नुभयो।
यस्तै कम्पनीले बिक्रीवितरण गर्ने चिया बिज्ञहरुको निगरानी र परिक्षणमा उच्च गुणस्तर कायम गरि उत्पादन गरिएको हुने कम्पनीका संचालक एंव टि टेस्टर कृष्ण बहादुर विकले बताउनुभयो। संचालक विकका अनुसार कम्पनीले साधरण देखि उच्च गुणस्तरको न्युनतम प्रती केजि ६ सय ५० देखि ७० लाख रुपैयाँसम्म मुल्य पर्ने चिया बिक्रीवितरण गर्नेछ। समुद्घघाटन कार्यक्रममा चियाको भेराइटी समेत प्रदर्शन गरिएको थियो।