Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकीको नीति तथा कार्यक्रम पारित

गण्डकीको नीति तथा कार्यक्रम पारित

इच्छाकामना न्युज

३०, जेठ २०७९
गण्डकीको नीति तथा कार्यक्रम पारित
images

पोखरा, ३० जेठ । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हाे । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।

images
images

त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले मंसिर पहिलो साता आमनिर्वाचन गर्ने तयारी समेत गरेकाे छ । गण्डकीमा पहिले बनेको सरकार ढलेर अघिल्लो वर्षको २९ जेठमा गठबन्धनको नयाँ सरकार बनेको हो । पहिले एमाले र माओवादी तथा जनमोर्चाको समर्थनमा दुई तिहाई बहुमतको सरकार बनेको थियो ।

५ पुसपछि प्रतिनिधिसभा विघटनको घटनाले सबैभन्दा पहिले गण्डकीको सरकार परिवर्तन भएको हो । एमालेका नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार ढलेर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनेको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - १९:२६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology