Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सासंद सिग्देलद्धारा श्री शिव सरास्वती मावि रिसिङ्गको अवलोकन

सासंद सिग्देलद्धारा श्री शिव सरास्वती मावि रिसिङ्गको अवलोकन

बि.बि. श्रेष्ठ

२९, मंसिर २०७७
सासंद सिग्देलद्धारा श्री शिव सरास्वती मावि रिसिङ्गको अवलोकन
images

तनहुँ, २९ मंसिर । श्री शिव सरास्वती माध्यामिक विद्यालय, हवेलीडाँडा रिसिङ्ग–८, तनहुँको प्रतिनिधीसभाका सदस्य एवं तनहुँ क्षेत्र नं २ का माननिय सासंद केदार सिग्देलले अवलोकन गर्नुभएको छ । विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रको अवलोकनका लागी पुग्नुभएको माननिय सासंद केदार सिग्देले विद्यालयको समग्र पक्षका वारेमा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद वराल सँग जानकारी लिनुभएको हो । 
शिक्षा नै जीवनको मेरुदण्ड हो । शिक्षामा समुदायमा रहने सवैले सहयोग गर्नुपर्दछ, शैक्षिक क्षेत्रलाई राजनिती भन्दा टाढा राख्नुपर्दछ । सासंद सिग्देलले वताउनुभयो । आफनो निर्वाचन क्षेत्र अन्र्तगत विभिन्न क्षेत्रमा अवलोकनका लागी पुग्नुभएको सासंद सिग्देलले आफुले शिव सरास्वती मावि का लागी स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्र्तगत यहि आर्थक वर्षमा खर्च हुने गरि २५ लाख विनियोजन गरेको वताउनुभयो । 

images
images

131024841_2764661320448754_327684641975833922_n.jpg
विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार्नका लागी आफुले आफनो क्षेत्रवाट सक्दो सहयोग गर्ने वताउनुभयो । स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्र्तगत छुट्टिएको रकमवाट तत्काल विद्यालयको लागी आवश्यक भवन निर्माण गर्न पनि वहाँले आग्रह गर्नुभयो । शिक्षक अभिभावक र सिङ्गो टिमले मात्र विद्यालयको मुहार फेर्न सकिने हुदाँ सवैले जिम्मेवारीसाथ लाग्न पनि वहाँले आग्रह गर्नुभयो । सामुदायिक विद्यालयको गुणस्तरको वारेमा प्रश्न चिन्ह खडा भईरहेको हुदाँ त्यसलाई चिरेर आम समुदायको विश्वास जित्न पनि वहाँले आग्रह गनुभयो । 
सो अवसरमा सासंद सिग्देलले सोही क्षेत्रमा पर्ने श्रृङ्ग मावि, वालविकास मावि, र गाईघाट – गल्याङ्ग वैकल्पिक राजमार्गमा  भईरहेको कामको समेत अवलोकन गर्नुभएको थियो । 

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०९:४५:३६ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology