Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मजदुरका छोराछोरीले धानेको लमजुङको विद्यालय

मजदुरका छोराछोरीले धानेको लमजुङको विद्यालय

इच्छाकामना न्युज

१७, जेठ २०७९
मजदुरका छोराछोरीले धानेको लमजुङको विद्यालय

लमजुङ, १७ जेठ । लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथामिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर यस गाउँका विद्यार्थीहरु बोर्डिङ स्कुल जान्छन् । 

images

विद्यालयका प्रधानाध्यापक भगवती जोशीले भनिन् पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा पढाउँदैनन्।’ ०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयलाई अहिले मजदुरका छोराछोरीहरुले मात्र बचाएको छ । 

शिशुदेखि देखि ५ कक्षासम्म पढाइ हुने बाल लक्ष्मी मन्दीर प्राथमिक विद्यालयमा जम्मा ३२ जना विद्यार्थी अध्ययानरत छन् । विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन्। ‘विद्यार्थी भर्ना अभियानलाई जतिसुकै प्रभावकारी बनाउने प्रयास गरे पनि स्थानीयले छोराछोरी भर्ना गर्न ल्याएनन्,’ प्रअ जोशीले भनिन्, ‘गाउँलेलाई वास्तै छैन। यहाँ पढ्न आउने निम्न आर्थिक अवस्थाका मजदुरका छोराछोरी मात्रै हुन्।’

विद्यालयमा भर्ना भएका विद्यार्थीहरु पनि सबै आउँदैनन् । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ । केही ठूला केटाकेटी बाबुआमासँगै मजदुरी काम गर्न जान्छन् ।

विद्यालयका प्रअ जोशीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु विदाको समयमा सिजनअनुसार जङगलमा निउरो र टुसा खोज्न जाने गर्छन् । निउरो र टुसा बेचेको रकमबाट कापी कलम किन्ने गरेको प्रअ जोशी बताउँछिन् । 

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २१:२३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology