मिन बहादुर खड्का, बाजुरा, १३ जेठ । बुढीगंगा नगरपालिकामा मतगणनाको माग गर्दै बाजुराको सदरमुकाम मार्तडीमा नेकपा एमालेले बिरोध प्रदशन गरेको छ । आज जिल्ला सदरमुकाम मार्तडी बजार परिक्रमा गर्दै एमालेले बिरोध प्रर्दशन गरिएको हो ।
निर्वाचनको दिनमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो । यथासिघ्र मतगणना गर्नुपर्ने माग नेकपा एमालेको थियो भने पुन मतदान गर्नुपर्ने माग नेपाली काँग्रेसको थियो । नेकपा एमालेले बुथ क्याप्चर गरेर मतदाताको स्वतन्त्र मताधिकार खोसेको आरोप नेपाली काँग्रेसले लगाउदै आएको छ ।
मतदान भएको १२ दिन पछि मात्र हिजो निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थोयो । आयोगले पुन मतदान गराउने निर्णय गरेपछि नेकपा एमालेले निर्वाचन आयोगको उक्त निर्णयको बिरोध गर्दै आपत्ति जनाएको छ ।