Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी 

नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी 

images

इच्छाकामना न्युज

१२, जेठ २०७९
नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी 
images

काठमाण्डौ, १२ जेठ । संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत हुने तथा सम्बोधनमाथि छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिवभरतराज गौतमले जानकारी दिनुभयो ।

भोलिसम्ममा नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक बाध्यता संसदलाई छ । नीति तथा कार्यक्रम पारित भएपछि यही जेठ १५ गते आइतबार संसद्मा बजेट प्रस्तुत हुनेछ । 

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०९:१०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology