Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सर्लाहीको लालबन्दी १३ बाट करिब साँढे २ क्वुन्टल लागु औषध गाँजा सहित ६ जना पक्राउ

सर्लाहीको लालबन्दी १३ बाट करिब साँढे २ क्वुन्टल लागु औषध गाँजा सहित ६ जना पक्राउ

images

एसपि गौरव

१०, जेठ २०७९
सर्लाहीको लालबन्दी १३ बाट करिब साँढे २ क्वुन्टल लागु औषध गाँजा सहित ६ जना पक्राउ
images

सर्लाही, १० जेठ । सर्लाहीको लालबन्दी नगरपालिका १३ बाट प्रहरीले करिब साँढे २ क्वुन्टल लागु औषध गाँजा बरामद् गरेको छ । लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट प्रहरीले २ क्वुन्टल ३७ किलो ६ सय ग्राम लागु औषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । 

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट प्रहरीले २ क्वुन्टल ३७ किलो ६ सय ग्राम लागु औषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनु भयो ।

प्रहरीले लालबन्दी नगरपालिका १३ पत्थरकोट स्थितका कान्छा मान थिङको घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सुराकीको आधारमा खनतलासी गर्दा उक्त घरबाट 

प्लाष्टिकको बोरा तथा प्लाष्टिकले बेरिएको अवस्थामा ४६ वटा पोकामा २ क्वुन्टल ३७ किलो ६ सय ग्राम लागु औषध गाँजा बरामद् भएको हो । थिङको घरबाट २ क्वुन्टल ३७ किलो ६ सय ग्राम लागु औषध गाँजा लुकाई छिपाई राखेको तथा लागू औषध गाँजा ओसारपसारमा प्रयोग भएको मोटरसाईकल २ थान समेत फेला पारेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।

२ क्वुन्टल ३७ किलो ६ सय ग्राम लागु औषध गाँजा,२ वटा मोटरसाईकल सहित लालबन्दी नगरपालिका १३ का अन्दाजी वर्ष ३८ का कान्छा मान थिङ,सोही ठाउँका अन्दाजी वर्ष २१ का सुनिल दोङ,सोही ठाउँ वस्ने अन्दाजी वर्ष १९ का विशाल थिङ, अन्दाजी वर्ष २१ का मिलन थिङ,अन्दाजी वर्ष १९ का निकेश दोङ  र लालबनदी नगरपालिका १४ बस्ने अन्दाजी वर्ष १९ का राज वम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार  लागू औषध गाँजा खरिद, ओसारपसार तथा संचयमा संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ गरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन अन्तर्गत म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको छ ।

images
प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - २३:०१:५० बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology