Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

लागूऔषध कारोबारमा संलग्न अभियोगमा ३० जना पक्राउ

लागूऔषध कारोबारमा संलग्न अभियोगमा ३० जना पक्राउ

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८३
लागूऔषध कारोबारमा संलग्न अभियोगमा ३० जना पक्राउ
images

कपिलवस्तु। कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् । त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन् । सो अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम, १३० ग्राम गाँजा पनि बरामद गरिएको विवरणमा उल्लेख छ । प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरफका एक बोतल बरामद गरेको छ ।

प्रहरीले गएराति कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट खैरो हेरोइन जस्तो पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गएराति निज बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १३:४८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology