काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
यस वर्षको एनपीएलले पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनुका साथै नेपालको गौरव विश्वभर फैलाउने र राष्ट्रिय आत्मविश्वास अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरेकी छन्। उनले प्रतियोगिताका सम्पूर्ण खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीलाई शुभकामना दिँदै नेपाल सुरक्षित, सक्षम र सम्भावनायुक्त देश भएको सन्देशसमेत दिएकी छन्।