Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भित्री बस्त्रभित्र लुकाई राखेको लागुऔषधसहित चितवनमा दुई जना पक्राउ

भित्री बस्त्रभित्र लुकाई राखेको लागुऔषधसहित चितवनमा दुई जना पक्राउ

images
भित्री बस्त्रभित्र लुकाई राखेको लागुऔषधसहित चितवनमा दुई जना पक्राउ
images

चितवन, ५ जेठ । चितवनमा लागुऔषधसहित दुई जना पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा महोत्तरी जिल्ला मनरा सिसवा गरपालिका वडा नं. २ बस्ने २५ वर्षीय बिष्णु देव अधिकारी र काठमाडौ चन्द्रागिरी नगरपालिका–४ बस्ने वर्ष २९ को कृष्ण गुरुङ रहेका छन् ।

उनीहरुलाई बुधबार बेलुकी ८ः३० बजेको समयमा खैरहनी नगरपालिका वडा नं. ८ पर्साबजार चौबिसकोठीबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु पैदल हिडी उक्त स्थानमा आइपुगेका थिए । नियन्त्रणमा लिई तलासी लिँदा गुरुङले लगाएको भित्री बस्त्र र पाइन्टको भित्री भागमा र मोजामा समेत लुकाई राखेको अवस्थामा २४० ट्याबलेट लागुऔषध नाईट्राजेपाम फेला परेको थियो ।

त्यसैगरी अधिकारीले बोकेको कालो रंगको झोलामा दुई हजार ७३० ट्याबलेट लागुऔषध नाईट्राजेपाम र एक हजार १०४ क्याप्सुल ट्रामोडोल औषधधिजन्य फेला परेको हो । पक्राउ परेका उनीहरु उपर लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - १८:३७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology