आँबुखैरेनी, २३ मंसिर । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा प्रमुख कृष्ण बहादुर आले मगर सेवाग्राही सँग घुस लिदा लिदै रङ्गेहात पक्राउ परेका छन्। मगरले घुस मागेको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा सूचना दिएपछी अख्तियारले स्ट्रीङ अप्रेसन गरि उनलाइ आज साझ कार्यालयबाटै घुस रकम सहित रङ्गेहात पक्राउ गरेको हो। सोमबार बिहान आँबुखैरेनी गाउँपालिका १ स्थित बरादीमा एक बोलेरो जीप दुर्घटना हुदा बिजुलिको पोलमा ठक्कर दिई क्षति पुर्याएको थियो। सोही विद्युतको पोल मर्मत गरी प्रशाखा प्रमुख मगरले ठक्कर दिने गाडिवालासँग खाजा खानको लागि भन्दै १० हजार अतिरिक्त रकम मागेका थिए। पछि वार्गेनिङ गर्दै ५ हजारमा सहमत भएका थिए। सोही कुराको सूचना गाडिवालाले अख्तियारलाई दिएपछि आयोगका अधिकृत मुकुन्द गौतम नेतृत्वको टोलिले स्ट्रीङ अप्रेसन गरि उनलाइ नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिनुभयो। मगरलाई थप अनुसन्धानको लागि स्थानिय जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाइ अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता रिजाले बताउनु भयो।