आँबुखैरेनी, ४ वैशाख । तनहुँ आँबुखैरेनी गाउँपालिका निवासी मिलन भुजेल राष्ट्रिय जनजाति महिला महासंघ प्रदेश समन्वय परिषद् गण्डकीको सचिवमा चयन भएका छन्। महासंघको प्रदेश स्तरीय पहिलो अधिवेशनले सचिवमा भुजेललाई चयन गरेको हो।
यस्तै अधिवेशनले महासंघको प्रदेश अध्यक्षमा दिलमाया गुरूङ, उपाध्यक्षमा नोमा थापा, सचिवमा मिलन भुजेल, सह–सचिवमा भगवती श्रेष्ठ, कोषाध्यक्षमा चनसुभा छन्त्याल, सदस्यहरुमा देवि दुरा, सरस्वती लामा, अन्जना गुरूङ, र बिल कुमारी कुमाललाई चयन गरेको छ।