Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालको अर्थतन्त्र खस्कदै, वैदेशिक मुद्रा सञ्चिति नसुधारे अवस्था गम्भीर 

नेपालको अर्थतन्त्र खस्कदै, वैदेशिक मुद्रा सञ्चिति नसुधारे अवस्था गम्भीर 

images

सिआईएन

२६, चैत्र २०७८
नेपालको अर्थतन्त्र खस्कदै, वैदेशिक मुद्रा सञ्चिति नसुधारे अवस्था गम्भीर 
images

सुसिला श्रेष्ठ, काठमाडौँ, २६ चैत । ७ वर्ष पहिले कुल ग्राहस्थ उत्पादनको जम्मा २५ प्रतिशत कुल तिर्नुपर्ने आन्तरिक ऋण रहेकोमा हाल बढेर झण्डै ४० प्रतिशत पगेको छ । यता वैदेशिक ऋण पनि करिब ६० प्रतिशत पुगेको छ, यसले नेपाली जनता माथि ऋण निकै बढेको देखिन्छ । दैनिक वैदेशिक व्यापार घाटा पनि ६ अर्ब नाघेको छ ।  

नेपालमा अहिले मुलतः तरलता, वैदेशिक मुद्रा सञ्चिति र स्रोत उपयोगको अभाव रहेको अर्थविद डा. चन्द्रमणी अधिकारी बताउनुहुन्छ । सरकारले समस्याको समाधान गर्न भन्दै साताको दूईदिन सार्वजनिक विदा दिने र यातायातमा जोर विजोर प्रणाली लागु गर्ने प्रस्ताव गरेको छ । तर, यो समस्याको समाधान नभएको उहाँको दाबी छ ।

नेपालको राजस्व घट्दो अवस्थामा छ भने कृषिबाहेकको उत्पादन करिब शून्य जस्तै छ । पर्यटनको उच्च सम्भावना रहेकाले कोरोना कम अनलराज भट्टराईको सुझाव छ । कुल गार्हस्थ उत्पादनको २ प्रतिशतभन्दा बढी आन्तरिक ऋण नलिने नेपालको नीति थियो । तर, अहिले ६ प्रतिशत आन्तरिक ऋण लिने घोषणा गरिएको छ । जसले बजेट कार्यान्वयनमै समस्या हुने देखिन्छ ।

उत्पादनको गुणस्तर बढाउन नीतिगत तथा संरचनागत व्यवस्था गर्ने, निर्यातमा सहजीकरण गर्नेदेखि आयात घटाउने गरी नेपालमै उत्पादन हुनसक्ने वस्तुको प्रयोग बढाउन विज्ञहरु सुझाउँछन् । 

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ०९:४१:४५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology