Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनितिमा युवाहरुको अवस्था कहाँ ?

राजनितिमा युवाहरुको अवस्था कहाँ ?

सुमन बगाले

२४, चैत्र २०७८
राजनितिमा युवाहरुको अवस्था कहाँ ?
images

समाजले अहिलेको अवस्थामा राजनीतिमा युवा खोजीरहेको छ । तर समाजले युवा भनिरहदा कस्तालाई युवा भन्ने चुरो कुरो अन्यौलमै छ । साधरणतया बुझ्दा उमेरलाई मापन गरेर युवा अबस्थाको व्याख्या गरेको पाईन्छ तर यीनै युवाहरु सामाजिक व्यावहारमा कच्चा सवितपनि देखिएका छन्। त्यसैले कस्ता युवा राजनीतिमा आउन जरुरी देखिन्छ ? आज प्रश्न बनेर खडा भएको छ। युवा हँुदैमा सबै कुराबाट पोख्त हुदैनन्। आजकलको परिभेषमा हुर्किएकालाई त झन परिवारकै विषयमा उति ज्ञान हुँदैन भने समाज कमैले बुझेका हुन्छन । राजनीतिमा आएर समाजनै सम्हाल्ने हो भने शिक्षित, व्यवहारिक, समाजिक नैतिकता, आर्थिक पारदर्शीता, दुरदृष्टि, आम्दानीको स्रोत, प्रसस्त समय, लोभ लालचमा नफस्ने यिनीहरु नै मुख्य आधारभुत काम कर्तब्य निष्ठाहरुमा पर्दछन। एउटा असल घर सम्हाल्न सक्नेले आफनो खलक सम्हाल्न सक्छ एवं रितले त्यसैलाई विस्तारको रुपमा लिन हो भने राजनीतिमा लागेर समाज सम्हाल्न कुनै गाह्रो देखिदैन । तर परिवारिक पृष्टभूमि लथालिङ्ग, समाजमा अराजकता, हत्याहिँसा, चोरी चाकरी, नैतिकताहिन, ठगी गर्ने जस्ता व्यक्तिहरुले समाजमा जति नै उदरता देखाएता पनि एक असल समाजले खुलेर पचाउन सक्ने अवस्था रहदैन । 

images
images

अहिलेको पुँजीवादिहरु सामाजिक प्रतिस्ठाको लागि मात्र भएपनि उम्मदेवारी दिने चलन आएपछि त झन चरम आर्थिक चलखेलको अवस्थामा निष्ठाको राजनीति गर्नेहरु धेरै पछाडी परिसकेकाछन्। किनकी यहाँ हरेक दिन व्याक्तिहरु समयसँगै पैसामा घुमिरहेका छन । विहान आँखा खोलेदेखि बेलुकी विस्तारामा नपल्टीएसम्म आर्थिक भारमा परिरहेका छन । सपना देख्न समेत पैसा खर्चिनुपर्ने अवश्था आइसकेको छ । राज्यले कुनैपनि स्वदेशी उपभोग गर्न दिन नसकेपछि पैसाको पछि लाग्नुपनि बाध्यता जस्तै भइसकेको छ । एक त नेता तथा जनप्रतिनिधीहरु माथी अविश्वास, जातीय, धार्मिक, दलीय पुँजीवादि अवसरवादि र विभिन्न निती तथा नियम र निकास त्यसको तल्लो तहसम्ममा पहुँच पुग्न नसक्नु नै मुख्य बाधक हुन । 

अब कस्ता व्याक्ति आए र कस्ता स्थानियवासी भए समाजले पचाउने योग्य उम्मेदवार हुन सक्छ भन्ने कुरो मुख्य हो। अहिलेको युवा राजनीतिकर्मीहरुले समाजमा अहिलेको आवश्यकता र भावि केही वर्षपछिको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको बजार र प्रविधिको भित्र रहेर समाजलाई अध्यायन गरी भावि रणनीति तय गर्नु जरुरी देखिन्छ। बढ्दो चरम आर्थिक अपारदर्शिता, झनझटिलो सरकारी निती, समाजिक असुरक्षा, शीपमुलक शिक्षाको अभाव, प्रदुषित वातवरण र स्वास्थ, उत्पादनमा कठिनाइ, उत्पादित वस्तुको असहज व्यवस्थापन, अस्वस्थ प्रतिस्पर्धा, बजारीकरणलाई सहजीकरणको लागि एक असल नेतृत्वको साथ सोही विषयमा दक्ष हासिल गरेको व्याक्तिहरु समाजको नेतृत्वदायी भूमिका आउनु पर्ने र जिम्मेवारी दिनुपर्ने आजको आवश्यक छ । एक परिधिभित्र बाध्नलाई केही समय खर्चिएता पनि समुहगत कामले छिटो निकास दिनेछ । कामले जनतामाथी एक विश्वास बनाउन सकिन्छ । 

युवाजनशक्तिको बढ्दो विदेश पलायनले गर्दा होस वा आर्थिक अवस्थाले गर्दा होस वृद्धहरुको व्यवस्थापन सबैभन्दा जटिल बन्दै गएको छ । यहि रफतारले विदेश पलायन हुने र युवालाई रोक्न मुलुकका तीनै तहका सरकारले समयमै सोच्न सकेन भने गाउँघरमा मृतकको अन्तिम संस्कार गर्ने युवा पाउन पनि कठिन हुनेछ ।

बढदो आर्थिक व्यायभार कटौति नै मुख्य पाटो रहेको छ । दैनिक उपभोग्य बस्तुको उत्पादनमा आत्मनिर्भरता नै उत्तम विकल्प हो । कृषी उत्पादनले अधिक आवश्यकता पुरा गर्न मद्दत गर्छ भने खाद्यान्नमा बाहिरीने अर्थतन्त्र स्थानीय तह मै चलायमान गर्न सकिनेछ । विहान भान्सादेखि खाजाको टिफिन तथा राती ओछयानमा नपल्टिदासम्मको खर्चमा व्यापक वृद्धि भएको छ। समाजिक रितिरिवाज, धर्मसस्कृति, देखासिखी समाज, उपयोग भन्दा दुरुपयोग बढि हुने मनोरञ्जन तथा सवारी साधनहरुको खर्चमा व्यापक कटौति गर्नुपर्नेछ र स्थानीय तहले केही हदसम्म आवश्यकता हेरी सहुलियत दिन सक्नेछ । उत्पादनमुखी व्यवसायमा सतप्रतिशत छुट र अन्य परिवार हेरेर दिन सकिने समाजिक उत्तरदायित्व अन्तर्गत सेवाहरु प्रवाह गर्न सकिनेछ । यस अन्तर्गत गरिवीका रेखामुनी रहेका बालबालिकाको हकमा भने गर्भदेखि ५ कक्षासम्मको शिक्षा, स्वास्थ आधारभुत आवश्यकता विद्यालयसँगको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा ल्याउन आवश्यक छ । 

कर्मचारीहरुमा देखिएको ढिलासुस्ती, अपरिपक्कतालाई मध्यनजर राख्दै प्रविधिमैत्री सेवासुविधालाई जोड दिनुपर्ने देखिन्छ। प्रत्येक परिवारको आर्थिक अवस्था, स्वास्थ, शिक्षा, मापन गर्नको लागि स्थानीय स्तरबाट नै बैकिङ्ग गतिविधीको लागि सुचांक मापन गर्ने प्रविधिको विकास हुन जरुरी छ। दशदेखि २० वर्षका किशोरकिशोरीको अवस्थालाई मध्यनजर गरेर यो नै भविष्य निर्धारण गर्ने जग हो । सहि र गलत बाटो सम्हाल्ने नै यही उमेर अवस्था भएकाले सचेतनामूलक शिक्षाको खाँचो हुन्छ । त्यसैले यहि उमेरलाइ कसी लगाउन शिक्षालय, परिवारीक बातवरण र स्थानीय सरकारको संयुक्त पहलमा ऐकवद्धता हुन जरुरी छ । नियन्त्रणमा ल्याउने भुमिकामा इच्छाएको शिक्षामा जोड, अतिरिक्त कृयाकलाप, मनोरञ्जनात्मक प्रतिस्प्रधात्मक खेलकुद, पार्क, प्रविधीको सहि प्रयोग, कानुनी शिक्षा संस्कृतिको जर्गेना मनोवल तथा उत्प्रेरणा उच्च हुने खालका मान पदक तथा सम्मान र केही हदसम्मको संविधान र कानुनी शिक्षालेपनि किशोर अवश्थाकालाई सही मार्गमा डो¥याउन मद्दत पुग्दछ । 

किशोर अवस्था पार गरिसकेपछि केही थप जम्मेवारी बहन गर्न दिनुपर्छ । जस्तै समाजीक उत्तरदायित्व तर्फ समाजिक सेवा, इच्छाइएको शिक्षा, कितावी ज्ञान सहित शिपमुलक प्राविधीक शिक्षा वौद्धिक तथा शाररीक जस्तै वकिल वैकिङ्ग, व्यवस्थापन, शिक्षक, डक्टर नर्स पाइलट, सञ्चार, सवारी चालक, सिलाइ कटाइ, कृषी अन्तर्गत उत्पादन मुलक शिक्षा, मेसन कार्पेटर, इलेक्ट्रीसियन, कुक, पेन्टर, स्वास्थ क्षेत्रका ल्याव टक्नीसियन, अहेव, खेलकुद कलाकारितालाई स्थानीयको भौगोलिक आर्थीक, जनसंख्या, शारारिक बनावट आदि अवस्थालाई हेरी सोही अनुसार प्रथामिकता राखेर केन्द्र सरकारदेखि स्थानीय सरकार र पारिवारीक सहकार्यमा जोड दिइनुपर्छ । उत्पादित जनशक्तिलाई बजार परिचालनका लागि अहम भुमिकामा रहेको स्थानीय सरकारले केन्द्र सरकारको सहकार्यमा खोल्न सकिने साधरण रुपमा दैनिकी जस्तो उपभोगमा आउने उद्योग, कलकारखाना, व्यापार व्यवसाय, कृषी उत्पादन भण्डारण र त्यसको बजारीकरणमा विशेष जोड दिइ स्थानीय जनशक्तीलाई परिचालन गरी विदेशीएको अर्थ र बाध्यताले विदेशीएका युवालाई आफ्नै गाउँघरमा स्वरोजगार बनाउने गरी नीति, कार्यक्रम, बजेट ल्याउन सक्नु पर्दछ । 

अहिले बढ्दो प्रदुषित वातवरण, अस्वस्थ खानपिन, विभिन्न थरीका रोग र बढि विलासिताका वस्तुको उपभोगले मानिसलाई उमेर भन्दा चाडै नै बुढ्यौलीले छोइसकेको हुन्छ । युवाजनशक्तिको बढ्दो विदेश पलायनले गर्दा होस वा आर्थिक अवस्थाले गर्दा होस वृद्धहरुको व्यवस्थापन सबैभन्दा जटिल बन्दै गएको छ । यहि रफतारले विदेश पलायन हुने र युवालाई रोक्न मुलुकका तीनै तहका सरकारले समयमै सोच्न सकेन भने गाउँघरमा मृतकको अन्तिम संस्कार गर्ने युवा पाउन पनि कठिन हुनेछ । काजक्रिया त परको विषय भएको छ । खानपिनदेखि स्वास्थ उपचार, सरसफाइ धार्मीक आस्था गर्नसक्ने, आय मुलक कामलाई मध्यनजर गर्दै उचित ठाउँ हेरेर वृद्धाआश्रामको धारणा अगाडी ल्याउनुपर्छ । पारिवारिक स्थिति हेरेर सकेकाले दिएर बस्छन नसकेकालाई सामाजिक सुरक्षा अन्तर्गत देहान्त नभएसम्म निःशुल्क बस्न पाउने व्यावस्था हुनुपर्नेछ । यसरी दुरदृष्टि, विकासका गुरुयोजना, योजनाका कार्यनयन र काम प्रतिको लगनशिलता भएर व्याक्तिको गर्भ अवस्थादेखि जीवनको अन्तिम अवस्थामा चेन अफ कमाण्डको रुपमा काम गर्नसक्ने व्याक्तिले नै समाजमा परिवर्तन ल्याउन सक्छ । उमेर एक मापन हो शिक्षित, नैतिकता इमानदारिता पारदर्शीता यी नै असल नेतामा हुनुपर्ने गुण हुन । धन्यवाद। 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०७:४७:३५ बजे

सुमन बगाले

लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी आँबुखैरेनीका सचिव तथा आँबुखैरेनी–३ संयोजक हुन

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology