Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रास्वपा भित्र केन्द्रीय हैकमवाद हावी प्रारम्भिक निर्वाचन कमाउने भाडो, कार्यकर्तामा असन्तुष्ठि चुलिदै

रास्वपा भित्र केन्द्रीय हैकमवाद हावी प्रारम्भिक निर्वाचन कमाउने भाडो, कार्यकर्तामा असन्तुष्ठि चुलिदै

इच्छाकामना न्युज

१०, फाल्गुण २०८२
रास्वपा भित्र केन्द्रीय हैकमवाद हावी प्रारम्भिक निर्वाचन कमाउने भाडो, कार्यकर्तामा असन्तुष्ठि चुलिदै
images
नेपालमा सदैव हल्ला विक्ने गर्दछ, भन्दै गर्दा नेपाली जनतालाई दुःख पाएको, कसैलाई अन्याय भएको र साच्चै यसलाई सहयोगको खाँचो छ भन्ने लागेमा ज्यानै फालि दिन पनि बेर लगाउदैनन नेपालीले । यस्को पहिलो उदाहरण थियो रबि लामिछानेको पक्षमा चितवनमा भएको रिहाईको मागको आन्दोलन, अवसरवादिहरु, वास्तवमा फटाहाहरु, ठगहरु र हुल्लर वाजहरुको काम हो जता मल्क्यो उतै ढल्क्यो । यसको उदाहरण हुन रबि लामिछाने त्यति सफल पत्रकार मन्त्रि वन्नैका खातिर पत्रकारितालाई लात हानेर दल खोलेर नेता वने र उपप्रधानमन्त्रि र गृहमन्त्रि पनि वने ।
 
हामी भावनामा वग्छौ । नयाँ नयाँ खोजिमा रहन्छौ यो नेपालिको नानिदेखिको बानि त हो नै अझै यसलाई मलजल गर्यो नेपालका ठुला दल, तिनका नेता र तिनै नेताको कार्यशैलि अनि भ्रष्ट प्रशासन र कर्मचारीतन्त्र, यिनै विषयलाई राजनीतिको आधार वनाएर उदाएका नेता हुन रबि लामिछाने पनि कुनै दिन, जनताले पत्रकारितामा झै असल कार्य गर्ने, देशको मुहार फेर्ने आशामा वसेका जनताले रबिको घुमाउरो ठगि हिजो थाहा नै पाएनन सायद आजसम्म पनि उनकै दलका नेता र सर्वसाधारण जनता यस बारेमा भ्रम मै छन्, उनको सक्कली धन्दावाट अनविज्ञ नै छन्, अन्यौल मै छन ।
 
रबिका नेता र कार्यकर्ता माथिको ठगि धन्दाको नालीबेली
१) जब रबि राजनितिमा आउन लागेका थिए उनले राजनैतिक चेतना जगाउन रानैतिक जागरण अभियान चलाएर हरेक नेपालीवाट १०००/– का दरले रकम उठाए कार्यक्रमहरु चलाए सो बेला उनले आफ्ना पेशेवार प्रशिक्षकहरुलाई यस कार्यमा प्रयोग गरे यसरी हरेक व्यक्तिवाट उठाएको १०००/– को दरले ५० हजार मानिसवाट झण्डै ५ करोड रकम उठाए तर प्रशिक्षकहरुलाई खाई पिई भन्दा वढि पैसा कसैलाई दिएनन । जनता र उनकै सहपाठीहरुले प्रशिक्षण पाएकैमा दंग परे सायद आजसम्म पनि आफु ठगिएको पत्तै पाएका छैनन् । जहाँ कार्यक्रम गरे त्यहिवाट सो खर्च अलगै उठाएका थिए । पार्टि खोल्नु पुर्वै रबिले ५ करोड कमाई सकेका थिए ।
 
२) दल खोले सदस्यताको लागि अनलाईन फाराम पनि खोले यसलाई उनले दलमा आफ्‌नो प्रत्यक्ष सहभागिताको संज्ञा दिए जनता दंग परे । उनैले भने अनुसार ४५ लाख सदस्यता वितरण गरे त्यस बेलामा हरेक सदस्यहरुवाट रु १००/– देखि ५ लाखसम्म सहयोग जुटाए । सरदर प्रति व्यक्ति रु १०००/– कै दरले पनि रबिले ४ अर्ब ५० करोड रकम उठाए । त्यो रकमको हिसाब सायद पार्टि भित्र कस्को खातामा छ सायद कमैलाई थाहा होला त्यो त दिने र लिनेलाई नै थाहा होला ।
 
३) अझै नाटक त पहिलो निर्वाचनमा जनताको माझवाट हाम्रो नेताको छनौट हुनेछ यो भनेको जान्नेलाई छान्ने भन्दै प्रारम्भिक निर्वाचनको नाटक मन्चन गराएर उमेदवारतय गरेको भने आफुभन्दा लोकतन्त्रवादी अरु हुनै सक्दैनन भनेर भने तर रबिले पार्टीमै सदस्य नभएका अन्य लोभिपापीहरुलाई अवसरवादीहरुलाई मज्जाले पार्टीमा हुले सदस्य वनाए, उता आफ्‌ना सदस्यहरुलाई अब त विपक्षीहरुलाई स्वाद चखाउने हो एकजुट हुनुहोस साथीहरु मिलेर लाग्नोस भने जनताले पत्याए कर्मठ र एमान्दार नेता तथा कार्यकर्ताले चुपचाप बसिदिए । जति जान्नेलाई छान्ने भने पनि पहिलो पटक नै रबिले चितवन २ मा उमेद्वारिका लागि सिधै आएका होईन काठमाण्डौ ४ मा लडने बताएर प्रचार गरेका थिए चितवनमा धमेन्द्र बास्तोला, कृष्ण भुसाल, प्रभा ढकालहरुको प्रसंग चलेको थियो रबि आए सबैले् स्वीकारि दिए विरोध भएन किनकी सो अवस्था पार्टीको विषम र प्रारम्भिक अवस्था थियो त्यो स्वभाविक पनि थियो । रबि विजय भए, निलम्वन भए पुनः निर्वाचन भए पुनः जेल गए जेन्जि आन्दोलन भयो संसद विघटन भयो आन्तरिम सरकार हुदै पुनः फल्गुण २१ मा निर्वाचन तोकियो ।
 
यस बिचमा रबिले सरकार वनाए, जेल बसे छुटे, सरकारवाट पार्टीलाई पिलर्ता बोलाए फेरी सरकारमा गए आदी इत्यादी गरि रहेका थिए । देशमा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो नाम छ नाम जस्तो स्वतन्त्र कहिल्यै बनेन । पार्टीका सभापति र पार्टी भन्ने अलग हो भनेर कहिल्यै चिनाईएन । सदैव रबि र स्वतन्त्र पार्टी एक सिक्काका दुई पाटा वनाइयो । रबिको सहकारी ठगी मुद्वा कहिल्यै रबि लामिछानेको बनाइएन सदैव रास्वपाको वनाईयो । अहिले रबिको व्यक्तिगत मुद्वालाई जवर्जस्ती रास्वपाको मुद्वा वनाएर पार्टीलाई ठगहरुको पार्टीको कलंक भिर्न वाध्य वनाईयो ।
 
यसवाट रबिलाई त कार्यकर्ताले ढाकछोप गरि दिए तर पार्टी नै वदनामको शिकार बन्दै गएको छ । यहाँ पनि रबिले आफ्‌नो व्यक्तिगत स्वार्थका लागि पार्टीमा ठगी नै गरेका हुन । यसैको कारणले सुमना श्रेष्ठ, सन्तोष परियारले पद मर्यादा र लाभलाई त्याग गरेर पार्टी रबिको व्यक्तिगत क्लब होईन भन्ने सन्देश दिन खोजेकि थिईन तर सुमनालाई नै गलत ठहराउन रबि सफल भए तर पार्टीले गुमेको शाख जोगाउने शुवर्ण अवसर भने गुमाउन पुग्यो ।
 
दोश्रो पटक निर्वाचनमा रबिको आफ्‌नै नेता र कार्यकर्ता ठग्ने नयाँ जुक्ति दोश्रो पटक पनि प्रारम्भिक निर्वाचनको नाटक रचाए, तर यस पटक भने आफ्नै सदस्यहरु र नेताहरुलाई रबिले प्रारम्भिक निर्वाचनको नाममा ठगे प्राईमरी उमेदवार वन्न प्रत्यक्ष तर्फ २५०००/– र समानुपातिकतर्फ ५००००/– शुल्क तोकेर पहिला गरिब र दुःखी अनि पैसा नहुनेहरुले पार्टीमा उठनै नपाउने र गरिबले केबल भोट दिने मात्रै हो भन्ने सन्देश दिए यसैलाई मन्त्र मानेर विनिता कठायतले गरिब नेता बने भ्रष्टाचार गर्दछन भनेर भनिन । रबिले देश भरिवाट ११० सिट सामानुपाति सिटका लागि (४५० जनावाट ५०,०००/–) ले रु २ करोड २५ लाख रुपैंयाँ र संसदिय चुनावका लागि देशभरिवाट १६५ जनाको लागि ७५० जनावाट २५०००/– का दरले १ करोड ८७ लाख ५० हजार गरि एकमुष्ठ रु. ४ करोड १२ लाख ५० हजार रुपैया उठाए । तर पछि सो प्राईमरी निर्वाचनै नगराई सबै उमेद्वारहरु रबि र बालेन अनि कुलमान मिलेर बाडेका थिए तथापी पछि कुलमान छुटिए पछि रबि र बालेन मिलेर मनोमानी टिकट वितरण गरेर प्राईमरी निर्वाचन त केवल रकम उठाउने र कार्यकर्ता शोषणको माध्यम मात्र वनाइयो । जस्वाट पार्टीका नेता तथा कार्यकर्ता मेसो पाए अनि रास्वपाका संस्थापक सदस्य प्रडय सम्शेर जवरा, दिमा कुमारी भुर्तेल (उर्मिला) ममता शर्मा, डाक्टर श्री कुँबर, दिनेश हुमागांई, अशोक कुमार थापा, कमला रावल पान्डे लगायत नेताले पार्टी नै छोडि सकेका छन् भने केही अन्य नेताहरुले झिनो भने पनि विरोध गरेका छन् । प्राईमरी निर्वाचनको नाममा चितवनमा पनि ठगि भएको छ ।
 
चितवन क्षेत्र नम्वर १ वाट प्रत्यक्ष तर्फ १) हरि ढकाल =निवर्तमान सभाषद
२) प्रदिप उप्रेती = विवेकशिल शाझा पार्टी हुँदै रास्वपाको वाग्मती प्रदेश युवा संयोजक हुन ।
३) जगदिश चन्द्र शर्मा= नेपाली काङ्ग्रेसवाट रास्वपा गएका रास्वपाका केन्द्रीय तालिम विभाग सदस्य हुन उनी कार्यकर्ता तयार पार्ने कुशल प्रशिक्षक हुन । स्थानियले जगदिश चन्द्र शर्माले टिकट पाउँदा निर्वाचन जित्न सजिलो हुने जनमानसको सुझाव थियो । तर केन्द्रले स्थानीय सुझाव लत्याएर हरि ढकाललाई नै टिकट दियो जसको असर अहिले परिरहेको छ ।
 
चितवन क्षेत्र नं. २ यस क्षेत्रमा पहिले पनि सभाषद भएकोले अहिले पनि रबिको मात्रै उमेद्वारि परेको थियो उनैले पाए । रास्वपा का नेता तथा कार्यकर्ताले रबिको सहकारी मुद्वा र सम्पत्ती शुद्वीकरणको केश नटुङिदासम्म नउठदा राम्रो हुने सुझाव दिएका थिए तर उनले मानेन । अहिले विभिन्न अदालतवाट रबि माथिको सम्पत्ती शुद्वीकरणको मुद्वा यथावत राखेसगै यता जनतामा पुनः रबिले जिते पनि निलम्वन हुने हुदा रबि भन्दा अन्य उमेद्ववारलाई मत दिदा ठीक हुने बहश समेत चलि रहदा स्थानीय र चर्चित समाजसेवी मीना खरेल, गायक र युवा अश्विन घिमिरे, युवा प्रताप थापा मध्यलाई स्थानीय उमेद्ववारहरुले सर्वसाधारणको मत जाने अवस्था सिर्जना भैरहेको छ । स्मरण रहोस यस क्षेत्रमा स्वम पार्टी अध्यक्ष कृष्ण प्रसाद भुसाल, तात्कालिन भुईकटहर समुहका नेता जगन्नाथ पौडेल, प्रभा ढकाल, सरला काफ्‌लेको समेत चर्चा चलेको थियो तर रबिले नै आफै उठने भने पछि सबै विवश भएका थिए ।
 
चितवन क्षेत्र नं. ३
१) मिनि माधब खनाल = रास्वपा ३ नं. का क्षेत्रिय सभापति हुन वडा नं. ६ निवासी हुन
२) विशाल कोईराला : रास्वपा जिल्ला सचिब, शिवनगर निवासि प्रखरवक्ता पुर्व काङ्ग्रेसी हुन ।
३) हरि भण्डारि = माओवादिका केन्द्रीय बुद्दिजिवि, अक्सफोर्ट कलेज गैडाकोटका मालिक र प्रिन्सिपल हुन ।
४) भुपेन्द्र राज वस्नेत= दुई दशकभन्दा बढी टेलिभिजन पत्रकारितामा संलग्न उनी दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ का अध्यक्ष, नेपाल वातावरण पत्रकार समूहका महासचिव तथा नेपालकै पहिलो सामुदायिक टेलिभिजन ‘बेसो टेलिभिजन’ का प्रबन्ध निर्देशक (ःम्) रहिसकेका छन् । साथै उनले २० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् र विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहेका चर्चित व्यक्तित्व हुन ।
803f37c9-d352-446a-b430-9e2c14ba22e6.jpg
 
चितवनमा वैकल्पिक राजनीतिको अभियान अन्तर्गत विवेकशील साझा पार्टीको संस्थापक समेत रहेका उनले २०७४ मा चितवन–२ वाट र २०७९ मा, चितवन–३ बाट उम्मेदवारी दिएका थिए । भुपेन्द्र राज बस्नेत एउटा जुझारु युवा थिए परिपक्क उमेद्वार थिए । स्थानीय पार्वतीपुरका युवा थिए । उनकै पहलमा रवि पुरासैनी आत्म हत्याकाण्डमा हिरासतमा रहेको बेलामा विवेकशील साझा पार्टीको चितवन जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य थिए बस्नेत विवेकशील साझा पार्टीको तर्फबाट भेट गर्ने पहिलो राजनीतिक व्यक्ति थिए यसरी भन्दा भूपेन्द्र बस्नेत नै वास्तविक सहयोगी र रबिका भाग्य चम्काउने विधाता थिए । यति मात्रै होईन दीर्घकालिन योजनामा पनि भुपेन्द्र राज वस्नेतको राम्रै दख्खल छ । रेनु दाहालले पहिलो मेयरको कार्यकालमा गेस्ट हाउसको चौर मासेर सिटीहल बनाउने निर्णय गरेकी थिइन । त्यसको तत्काल विरोध गर्ने र सिटीहल बनाउने होइन । खुल्ला ठाउँ राख्नुपर्छ भने आन्दोलन गर्ने, सो अभियानको नेतृत्व गर्ने नेता थिए वस्नेत, विकास निर्माणलाई विकेन्द्रीकृत गर्नुपर्छ ।
 
सिटीहल पार्वतीपुर, पटियानी वा चनौलीमा बन्नु पर्छ भन्ने अभियानको नेतृत्व गर्ने व्यक्ति थिए, गेस्ट हाउस चौरमा धर्ना दिने ज्ञापनपत्र बुझाउने र साना राजनीतिक दलहरूको आन्दोलनका संयोजकत्व गरी सो आन्दोलनले सफलता पायो अन्तत मेयर रेणु दाहालले सिटीहल बनाउने स्थान परिवर्तन गर्न बाध्य भएकि थिईन । अहिलेको गेस्ट हाउस चौर खुल्ला रहेको छ । राजनीतिक रूपमा रेणु दाहाल पनि त्यही ठाउँमा गएर भाषण गर्छिन् र अन्य नेताहरु पनि त्यही गएर भाषण गर्न पाइरहेका छन् ।
 
यसवाट चितवनको शहरमुखी विकासलाई स्थानीय स्तरमा लैजान सफल नभए पनि भरतपुरको खुल्ला चौर जोगाउन सकेकोमा खुशी व्यक्त गर्ने वस्नेत विवेकशिलवाट रास्वपा भएकै कारणले आफु टिकटवाट वन्चित हुन परेको गुनासो पोखेका छन् र रास्वपा लोकतान्त्रिक पार्टीको नाममा केन्द्रीयता लादि रहेको र स्थानीय स्तरवाट विरोध नहुनु कार्यकर्ताको कमजोरी वताउनु हुन्छ । अझै रोचक लाग्दो विषय त यो छ कि चितवनको प्राईमरी निर्वाचनमा सविता गौतमको सहभागिता नै थिएन पार्टीले सिधै पठाई दिएको छ । यसवाट पार्टीभित्र केन्द्रको हैकमवाद छर्लङग भएको छ । यसवाट आफुलाई रास्वपा भन्न पनि लाज लग्दछ भन्दै यहि पारा रहेमा चितवनमा पनि भुकम्प जाने वताउदछन् एक जना असन्तुष्ट नेताले नाम नवताउने शर्तमा सवितालाई जसरी प्रचार गरिएको छ । उनमा त्यो क्षमता नभएको र काठमाण्डौ २ मा यिनले कुनै विकास नगरेको कारण जिताउनका लागि चितवन पठाइएको बताउदछन् ।
 
अझै समाचार सुत्र भन्दछ सविता र प्रचन्ड पुत्री रेणु दाहाल बिच पारिवारिक सम्बन्ध रहेको । शुरुका दिनमा सविता चितवन आउदा रेणु दाहाललाई निर्वाचन जित्न सजिलो हुने महशुस समेत गरि प्रचन्ड कै सुझावमा रबिले सवितालाई चितवनमा चुनाव लडन समेत सुझाएको बुझिएको छ । समाचार सुत्र भन्दछ सविताका पति घनश्याम (रामु) स्वम प्रचण्डका व्यवासायिक सहयोगी रहेका सविता र रेणु जस्ले जिते पनि चितवन ३ को राजनीति दाहाल परिवार भन्दा बाहिर नजाने आकलनका साथ सविताको चितवन प्रवेश गराइएको बुझिएको छ ।
 
अझै केही राजनैतिक विश्लेषकहरु सवितालाई टिक दिन भन्दा भुपेन्द्रराज बस्नेतलाई टिकट दिएको भए सहज हुने समेत वताई रहेको भेटिएको छ । यदि भुपेन्द्रलाई रास्वपाले टिकट दिए रेणुको कार्यकालका कयौ वेथिती, विसंगतीहरु बहिर आउने र प्रचण्ड परिवारको बदनाम हुने डरले रेणुलाई सहज वनाउन चितवन ल्याइएकी सविता नै अहिले रेणुका लागि असहज वनेको समेत बुझिएको छ । विगतमा पनि चितवन माथी अन्याय भएको थियो ।
 
रास्वपाको केन्द्रीय ज्याजदी भने यो पहिलो पटकमात्र होईन विगतमा रबि लामिछानेले चितवनमा भाषण गर्दा चितवनले सामानुपातिकमा कम्तीमा २ जना सभाषद पाउनेछ । चितवनका दलित र थारुले हामीलाई जिताउनोस भनेर आव्हान गरेका थिए चितवनका दलित र थारु ल्गायतका आशावादी जनताले पत्याए चितवनवाट १ लाख सामानुपातिक मत पनि पायो रास्वपाले तर समानुपातिक सभाषद चितवनले पाएन रबिले सन्तोष परियार र शिब नेपालीलाई टिकट दिए चितवनका तात्कालिन उमेद्ववारहरु सविना वि.क, सविना महतो, आषिश लो, विष्णु पौडेल र सविना मियाले कुनै अवसर पाएनन ।
 
यस पटक पनि रबिले मुसलमानहरुको मतको आशाले सविना मियालाई समानुपातिकको लिष्ठमा राखेर फकाई रहेका छन् । हालको वर्तमान अवस्थामा केन्द्रीय समितिको आदेशलाई नमतस्तक भएर मानी रहेको देखिए पनि भित्रभित्र असन्तुष्टिका आवाजहरु निस्किएका छन् कुनै पनि दिन काठमाण्डौवाट उर्मिला, तराईवाट ममता जस्ता सयौं कार्यकर्ता चितवनवाट पनि पार्टी परत्यिाग गर्नेको लर्को नलाग्न भन्न सकिन्न चितवनमा यस अघि नै रास्वपाका संस्थापक जिल्ला अध्यक्ष, धमेन्द्र वास्तोला, विवेकशिल शाझाको भरतपुर महानगर पालिकाका मेयर उमेद्ववार प्रविण काफ्रले जो पछि रास्वपामा सदस्य वनि हाल सो पाटविाट अलग भएको घोषणा गरि सकेका छन् ।
 
ध्रुवराज मिश्र
राजनैतिक विश्लेषक

images
प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - १३:३२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology