Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

उम्मेद्वारहरुलाई चुनावी खर्च जुटाउन नसक्ने चिन्ता 

उम्मेद्वारहरुलाई चुनावी खर्च जुटाउन नसक्ने चिन्ता 

images

सिआईएन

१८, चैत्र २०७८
उम्मेद्वारहरुलाई चुनावी खर्च जुटाउन नसक्ने चिन्ता 
images

सुसिला श्रेष्ठ, काठमाडौँ, १८ चैत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरू चुनावको प्रचारप्रसारमा जुटिसकेका छन् भने कसलाई कहाँबाट उम्मेद्वार उठाउने भन्ने चर्चा चलिरहेको छ । तर निर्वाचनमा हुने अत्यधिक खर्च र त्यसको व्यवस्थापन गर्न नसकिने भएपछि उम्मेद्वार बन्ने चाहना भएकाहरू चिन्तामा छन् ।

२०७४ सालको स्थानीय तहको सदस्य पदका लागि निर्वाचन आयोगले तोकेको खर्च रकम २ लाख थियो । वैशाख ३० मा हुने चुनावका लागि निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरिसकेको छ ।

त्यसअनुसार महानगरपालिका प्रमुख वा उपप्रमुखमा उठ्नेले साढे ७ लाख, वडा अध्यक्ष र सदस्यमा उठ्नेले ३ लाखसम्म खर्च गर्न पाउनेछन् । उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखले साढे ५ लाख र वडा अध्यक्ष र सदस्यमा उम्मेद्वारी दिएकाले बढीमा साढे २ लाखसम्म खर्च गर्न पाउनेछन् । नगरपालिका प्रमुख वा उपप्रमुखले साढे ४ लाख खर्च गर्न पाउँदा वडा अध्यक्ष तथा सदस्यले २ लाखभन्दा धेरै खर्चिन पाउने छैनन् ।

गाउँपालिका अध्यक्ष वा उपाध्यक्षले साढे ३ लाख हजारसम्म र वडा अध्यक्ष तथा सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले सीमा तोकेको छ । आयोगले तोकेभन्दा कैयौ गुणा धेरै खर्च गर्ने गलत परिपाटी राजनीतिक दल र उम्मेद्वारमा देखिएको स्थानीय तहका एक जना विज्ञ खिमलाल देबकोटाले बताउनुभयो ।

सभा, जुलुस, प्रचारप्रसारका नाउमा भएको लाखौँ, करोडौँ खर्च निर्वाचित भएपछि उठाउन कतिपय जनप्रतिनिधिको व्यवहार शङ्कास्पद देखिने गरेको छ भने महालेखा परीक्षक र अख्तियारका प्रतिवेदनमा समेत लेखिने गरिएको छ ।  

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०९:४६:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology