Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा

मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा

images

इच्छाकामना न्युज

१८, चैत्र २०७८
मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा
images

सिन्धुपाल्चोक, १८ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताउनुभएको छ । हिजो हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुग्नुभएका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी  र सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो ।

अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ । प्राविधिक रुपमा केही कठिनाइ देखापरे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडाँै ल्याउने सरकारी लक्ष्य अनुसार काम भइरहेको अयोाजनाले बताउँदै आएको छ ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको बताउँदै ९ नम्बर गेट शुक्रबार झार्ने प्रयास गरिने बताउनुभयो ।

यसपछि मूख्यकाम सकिने कँुवरको भनाई छ । सुरुङ सफा गर्ने क्रममा सुरुङ भित्र सोचे भन्दाबढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्टयाक्टर एस के कन्स्ट्रक्सनका एक सञ्चालक समिर तामाङले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०९:३३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology