Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका पत्रकार सुर्यप्रकास कंडेलद्वारा लिखित उपन्यास ‘मोसो’ बजारमा

चितवनका पत्रकार सुर्यप्रकास कंडेलद्वारा लिखित उपन्यास ‘मोसो’ बजारमा

रासस

२०, मंसिर २०७७
चितवनका पत्रकार सुर्यप्रकास कंडेलद्वारा लिखित उपन्यास ‘मोसो’ बजारमा
images

चितवन, २० मंसिर । पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनुभएका पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यास बजारमा आएको छ । युरेका पब्लिकेसनले ‘मोसो’ बजारमा ल्याएको हो । पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा रही पत्रकारितामा क्रियाशील कँडेल नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत हुनुहुन्छ । विसं २०५५ असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गर्नुभएका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्नुहुन्छ । हाल उहाँ नागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाता भई काम गरिसक्नुभएको छ ।

images
images

व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेको बताउनुभयो । मोसो उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको कँडेलको भनाइ छ ।

“उपन्यास आफैँमा एउटा बेग्लै संसार हो । त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ । मोसोमा पनि यी सबै कुरा छन्”, पत्रकार कँडेल भन्नुहुन्छ, “मोसोभित्र एउटा ठूलो सामाजिक सन्देश छ । पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’ बाट पाइन्छ ।” दुई सय तीस पेजको सो पुस्तकको मूल्य रु ३८५ रहेको छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - १०:२६:३२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology