Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बजेटमा राख्ने मुख्य योजना तथा कार्यक्रम सात दिनभित्र पेस गर्न अर्थमन्त्रीको निर्देशन 

बजेटमा राख्ने मुख्य योजना तथा कार्यक्रम सात दिनभित्र पेस गर्न अर्थमन्त्रीको निर्देशन 

images

इच्छाकामना न्युज

१७, चैत्र २०७८
बजेटमा राख्ने मुख्य योजना तथा कार्यक्रम सात दिनभित्र पेस गर्न अर्थमन्त्रीको निर्देशन 
images

काठमाण्डौ, १७ चैत । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि मुख्य योजना तथा कार्यक्रम सात दिनभित्र पेस गर्न संघीय सरकारमातहतका मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको थियो । छलफलमा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्नेबारेमा सात दिनभित्र कार्ययोजना पेस गर्न अर्थमन्त्री शर्माले निर्देशन दिनुभएको हो ।

उहाँले सबै मन्त्रालय र निकायलाई चालू खर्च घटाउने योजना पनि पेस गर्न पनि निर्देशन दिनुभयो । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षको बजेटलाई अहिलेको भन्दा धेरै रूपान्तरण गरी तयार गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । मन्त्री शर्माले आर्थिक अनुशासन र सीमित स्रोत–साधनको सीमाभित्र रहेर बजेटका कार्यक्रम पेस गर्न सुझाव दिनुभएको थियो । 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०९:१५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology