Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दैलेखको भैरवी गाउँपालिकाका किसानहरू किवि खेती प्रति आकर्षित 

दैलेखको भैरवी गाउँपालिकाका किसानहरू किवि खेती प्रति आकर्षित 

सिआईएन

१०, चैत्र २०७८
दैलेखको भैरवी गाउँपालिकाका किसानहरू किवि खेती प्रति आकर्षित 
images

खगेन्द्र रानामगर, दैलेख, १० चैत । दैलेखको भैरवी गाउँपालिका ७ (देउले) का किसानहरू पछिल्लो समय किवि खेतीमा आकर्षित भएका छन् । परिक्षणका लागि ४ वर्ष अघि लगाईएका किविका बोटमा राम्रो फल लाग्न थालेपछि किसानहरू व्यावसायिक किवि खेतीमा लागेका हुन् ।

images
images

जुम्लामा तीनवर्षे कृषिबाली विज्ञानको पढाइ सकेर अभ्यासको क्रममा दोलखा पुग्नुभएका देउलेका राजेश कँडेलले  दोलखामा लटरम्म फलेको किवि देखेर खेतीको सुरुवात गर्नुभएको थियो । परिक्षणको रूपमा सुरु भएको किवि खेती हाल व्यावसायिक बनेको हो । दोलखा र दैलेखको हावापानी उस्तै–उस्तै लागेपछि उहाँले सुरूमा आफ्नै लगानीमा परिक्षणका लागी ५÷६ वटा मात्रै किविका बिरुवा ल्याएर रोप्नुभएको थियो ।

किवि लगाएको ४ वर्षमा एउटै बोटबाट ९० केजी सम्म किवि फलेपछि किसानहरू हाल किवी खेतीमा आकर्षित भएका छन् । गाउँका अन्य ३५ जना किसानले अहिले सहकारी मार्फत चार सय रोपनी जग्गामा सामुहिक खेती गरेको तिनचुले हिमाली बागवानी पशु तथा कृषि सहकारी संस्थाका सदस्य एवं किसान दुर्गा रिजालले बताउनुभयो ।

गहुँ, मकै, कोदो जस्ता खेतीबाली लगाउँदा वर्षमा तीन महिना मात्रै खान पुग्ने गाउँमा १ रोपनि जग्गामा लगाएको किवी खेतीले वार्षिक ६० हजार सम्मको आम्दानी भएको किसानहरू बताउँछन । किसानलाई कर्णाली प्रदेश कृषि मन्त्रालय मार्फत कृषि विकास कार्यालय दैलेखबाट किवि ब्लग कार्यक्रम अन्तर्गत करिव १० लाख रुपैयाँ सहयोग पनि मिलेको छ ।

हाल दैलेखमा जिल्लाभरका गुराँस, भैरवी, महावू र नौमुले गाउँपालिकामा गरि १८ दशमलव ५२ पाँच हेक्टर जग्गामा किवि लगाईएको कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादूर थापाले बताउनुभयो । व्यावसायिक किवि खेतीमा लागेका किसानहरू अब भने बजारिकरणको खोजीमा छन् । 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - ०९:३६:५३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology