Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बागमती प्रदेशमा बर्डफ्लु फैलिँदै, कृषकलाई सर्तक रहन आग्रह

बागमती प्रदेशमा बर्डफ्लु फैलिँदै, कृषकलाई सर्तक रहन आग्रह

images

इच्छाकामना न्युज

१०, चैत्र २०७८
बागमती प्रदेशमा बर्डफ्लु फैलिँदै, कृषकलाई सर्तक रहन आग्रह
images

काठमाण्डौ, १० चैत । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा सङ्क्रमण विभिन्न जिल्लामा फैलिरहेको छ । बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पनि सचिव पाण्डेले बताउनुभयो ।

सङ्क्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो । बर्डफ्लुका कारण काठमाडौँमा १९ हजार ५०६ वटा पक्षी, पाँच हजार ६५२ वटा अण्डा र चार हजार १०८ किलो दाना नष्ट गरिएको छ । त्यस्तै चितवनमा नौ हजार ६७० पक्षी, दुई हजार ३८६ वटा अण्डा, एक हजार ५०० किलो दाना, भक्तपुरमा २४ हजार ३१९ वटा पक्षी, १३ हजार ९० वटा अण्डा, दुई हजार ९०० किलो दाना, मकवानपुरमा ३१६ वटा पक्षी, १६ वटा अण्डा, ८२ किलो दाना, ललितपुरमा दुई हजार २६२ वटा पक्षी, ९०० किलो दाना र सिन्धुपाल्चोकमा दुई हजार १८ वटा पक्षी र एक हजार ९५० किलो दाना नष्ट गरिएको छ ।

छ जिल्लामा बर्डफ्लुका ५७ हजार ११४ वटा विभिन्न जातका कुखुरा नष्ट गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव पाण्डेले उल्लेख गर्नुभयो । उहाँले क्षति बेहोरेका कृषकलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको बताउनुभयो ।

सङ्घीय सरकारले तोकेको मापदण्ड र नीतिअनुसार क्षति बेहोरेका कृषकलाई राहतस्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले बर्डफ्लुको समयमै निदान र नियन्त्रणका लागि विभिन्न पहल गरिरहेको उहाँको भनाइ छ ।

प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको उहाँले बताउनुभयो । एक क्षेत्रबाट अर्को क्षेत्रमा सङ्क्रमण फैलन नदिन नमूना सङ्कलन, परीक्षण र निगरानी बढाइएको उहाँले बताउनुभयो ।

 

 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - ०८:५४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology