Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एनपिएलः आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

एनपिएलः आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

images

इच्छाकामना न्युज

२१, कार्तिक २०८३
एनपिएलः आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
images

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो ।

सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछन् । जारी एनपिएलमा कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा मात्र हार व्यहोरेको छ । ऊ लगातार दुई जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध पराजित भएको थियो ।
कर्णाली आज सुदूरपश्चिमलाई हराएर तेस्रो जित निकाल्ने योजनामा छ । सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । सुदूरपश्चिम आज कर्णालीलाई हराएर अङ्क तालिकामा सुधार गर्ने योजनामा छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन छ । उसले तीन खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ ।
कुशल भूर्तेल नेतृत्वको पोखरा आज चितवनलाई हराएर जितको खाता खोल्ने योजनामा छ । चितवन कमजोर देखिएको पोखराविरुद्ध जित दर्ता गरेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ । उसले चार खेल खेल्दामा दुई खेलमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । जारी संस्करणको एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
 
 

images
प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - ११:१३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology